नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7394 · वि.सं. २०६१
नि.नं. 7394 — उत्प्रेषण परमादेश समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वातावरण प्रदूषण रोकथाम गर्नुपर्ने श्री ५ को सरकारको कर्तव्य नै हुन आउने देखिंदा काठमाडौ उपत्यकाको वायु प्रदूषणको रोकथाम निमित्त छानविन समिति समेतको प्रतिवेदनका आधारमा टु—स्ट्रोक इन्जिन भएका तीन पाँग्रे भाडाका सवारी साधन काठमाडौं उपत्यकावाट विस्थापित गर्ने गरी श्री ५ को सरकारवाट २०६०।५।२२ मा भएको निर्णय कानूनसम्मत देखिने । § काठमाडौं उपत्यकावाट विस्थापित गरिएका त्यसप्रकारका सवारी साधनहरु लुम्विनी गुरुयोजनाक्षेत्र र पोखरा उपत्यकाक्षेत्र वाहेकका अन्य क्षेत्रमा संचालन गर्न पाउने छूट उक्त निर्णयले नै प्रदान गर्नुका साथै विस्थापित एक सवारीसाधनको सट्टामा एक ट्याक्सी वा १२—१४ सीट क्षमताको माइक्रोवस आयात वा नयाँ खरिद गर्ने सुविधा समेत श्री ५ को सरकारको उक्त निर्णयले प्रदान गरेकै देखिंदा निवेदकहरुको पेशा रोजगार गर्न पाउने मौलिक हक हनन् हुन गएको भन्न नमिल्ने । § विक्रम टेम्पो र निवेदकहरुको टेम्पो के कति कारणवाट समान भएको र सरकारले कुन कारणवाट त्यस्तो छूट दिएको भन्ने कुराको आधार सहितको स्पष्ट निवेदन दावीको अभावमा केवल हचुवाका रुपमा विक्रमटेम्पोलाई भन्सार छूट दिएको भन्ने उल्लेख भएकै भरमा निवेदकहरुले समेत त्यस्तो छूट पाउने भनी अर्थ गर्नु न्यायोचित नहुने । § समयान्तरमा पृथक पृथक प्रकृतिका सवारी साधन विस्थापित गर्ने गरी श्री ५ को सरकारवाट निर्णय भएको र अघि नै निर्णय भई कार्यान्वयन भैसकेको विषयवाट निवेदकहरुलाई भेदभाव भएको नदेखिने । § के कुन मालवस्तु निकासी वा पैठारी गर्दा के, कति भन्सार सहुलियत वा छूट दिने भन्ने कुरा श्री ५ को सरकारको नीतिगत विषय अन्तर्गत पर्ने हुँदा त्यस्तो नीतिगत विषयमा निवेदन माग वमोजिम भन्सार छूट वा सहुलियत दिनु भनी यस अदालतवाट हस्तक्षेप गर्न नमिल्ने । (प्र.नं. १७ देखि १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7394 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश समेत |
| निर्णय वर्ष / मिति | 2061/06/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7394 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
