नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7405 · वि.सं. २०६१

नि.नं. 7405 — निखनाई पाउ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदक प्रतिवादीले दावीको जग्गा घरवासको लागि नै खरिद गरेको हो भन्ने पुष्टी गर्न सक्ने कुनै आधार र कारण मिसिल संलग्न प्रमाणवाट देखिन नआएको अवस्थामा केवल प्रतिउत्तर पत्रमा आफू सुदूर पश्चिमको व्यक्ति भएको र काठमाडौंमा कति पनि जग्गा नभएकोले घरवासको लागि विवादित जग्गा खरिद गरेको भन्ने जिकिरको आधारमा मात्र विवादित जग्गा निजले घरवासको लागि खरिद गरेको मान्न नमिल्ने । § लेनदेन व्यवहारको १२ नं. मा घरवासको लागी खरिद गरेको २–०–० रोपनी जग्गासम्म मोहीले निखन्न नपाउने कानूनी व्यवस्थाको आधारमा वादीले पुरै २–०–२ जग्गा निखनाई लिन पाउने ठहराएको शुरुको सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला ज. रो २–०–० जग्गा निखनाई दिने ठहराएको हदसम्म केही उल्टी गरी सो भन्दा वढि जग्गा रोपनी ०–०–२ जग्गा वादीले निखनी लिन पाउँने ठहराएको यस अदालत संयुक्त इजलासको रायसंग सहमत हुन नसकिने ।

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7405
मुद्दाको विषयनिखनाई पाउ
निर्णय वर्ष / मिति2061/03/31
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री अनुपराज शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7405
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्