नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7398 · वि.सं. २०६१
नि.नं. 7398 — वकसपत्र लिखत वदर दर्ता बदर दर्ता कायम ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ राजीनामा लिखतवाट पारित गरि लिएको जग्गालाई आफुखुस गर्न पाउने आफ्ना पालामा आर्जेको सम्पत्ति मान्नुपर्ने । § राजीनामावाट आफ्नो हक गरी लिएको जग्गा वकसपत्र गरी हक हस्तान्तरण गरि दिएकोलाई पनि अँशवण्डाको महलको १९ नं. को देहाय २ मा वर्णित आफ्नो पालामा आर्जेको जग्गा आफ्नो खुश गरी लिन पाउने र अरु अँशियारको मञ्जुरी लिनु नपर्ने र दानवकसको १ नं. बमोजिम अरुलाई दान वकस गर्न पाउने जग्गा भित्रैको मान्नुपर्ने । § हकको श्रोत राजीनामा भई आफुले खरीद गरेको जग्गा वकस गरि दिएकोमा वादी दावी बमोजिम वकसपत्र लिखत वदर दर्ता वदर दर्ता कायम हुने गरि भएको शुरु सुनसरी जिल्ला अदालतको फैसलालाई सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी भई वादी दावी पुग्न नसक्ने । (प्र.नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7398 |
|---|---|
| मुद्दाको विषय | वकसपत्र लिखत वदर दर्ता बदर दर्ता कायम । |
| निर्णय वर्ष / मिति | 2060/07/13 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7398 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
