नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7397 · वि.सं. २०६१
नि.नं. 7397 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदक नेपाल कृषि अनुसन्धान परिषदको वहालवाला कर्मचारी भै आफ्नो र एशोसियन संग सम्वद्ध परिषदका कर्मचारीको हक हितमा असर परेको भनी निजी र परिषदका कर्मचारी समूहको स्वार्थ गाँसिएको देखाई निवेदन गरेको देखिंदा निवेदकले उठाएको विषयमा सर्व साधारण जनता वा जन समुदायको सामूहिक हक वा सरोकार गाँसिएको भन्न सकेको नदेखिंदा सार्वजनिक सरोकारको विषय संग सम्वन्धित रहेको भन्न नमिल्ने। § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को समानताको हक, १२ (२) बमोजिमको पेशा रोजगार सम्वन्धी स्वतन्त्रताको हक, धारा १७ बमोजिम सम्पत्ति सम्वन्धी हक र धारा ८३ को उल्लेख गरी निवेदन गर्दैमा हक अधिकार हनन् भएको यथेष्ट प्रमाणको अभावमा सो धाराद्वारा प्रदत्त हक कुण्ठित भयो भनी अनुमान गर्न नमिल्ने । § धारा ११ मा व्यवस्थित समानताको हक नागरिकलाई मात्र प्रदान गरिएको हुँदा निवेदकले प्रतिनिधित्व गरेको नेपाल कृषि अनुसन्धान परिषद कर्मचारी एशोसियसन जस्तो संगठित संस्थालाई सो हक प्रदान गरिएको भन्न नमिल्ने । § नोकरीमा असर गर्न सक्ने भन्नु र असर गर्यो भन्नेमा तात्विक अन्तर हुने । (प्र.नं. ९ र १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7397 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2061/01/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री अनुपराज शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7397 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
