नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7395 · वि.सं. २०६१
नि.नं. 7395 — उत्प्रेषणयुक्त प्रतिषेधको आदेश जारी गरी पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण मन्दिर एवं क्षेत्रको विकास, संरक्षण र सम्वर्द्धन गर्ने दायित्व श्री ५ को सरकार र सम्वद्ध स्थानीय निकायको समेत हुने कुरामा विवाद नहुँदा सोही प्रयोजनका लागि छाव्दी वाराही क्षेत्रको विकास, संरक्षण र व्यवस्थापनको लागि कोष खडा गर्ने, सो कोष संचालन समेतका काम गर्न समिति गठन गर्ने समेतका काम कारवाहीलाई ठाडै कानून विपरीत र अनधिकृत भनि हाल्न नमिल्ने । § धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका क्षेत्रको विकास, संरक्षण, सम्वर्द्धन र व्यवस्थापनका लागि श्री ५ को सरकार तथा जिल्ला विकास समिति तनहुँवाट भए गरेका निर्णय एवं काम कारवाहीलाई अन्यथा भन्न नमिल्ने । § धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्व भएका तर स्पष्ट रुपमा कानूनी दायरा भित्र नसमेटिएका यस्तै प्रकृतिका मन्दिर एवं क्षेत्रको परम्परा देखि चलिआएको पूजापाठ समेतको धार्मिक कार्यमा बाधा नपर्ने गरी त्यस्तो पूजाआजाको नियमित संचालनको लागि सम्वद्ध सवै निकाय जस्तैः पुरातत्व बिभाग, गुठी संस्थान, महेन्द्र संस्कृत विश्व विद्यालय, संस्कृत विद्यापीठहरु, धार्मिक संघ संस्थाहरु तथा धार्मिक विद्वान एबं महापण्डितहरु समेतका सम्बद्ध व्यक्तिसंग परामर्श गरी त्यस्ता निकाय र ब्यक्तिहरुको संलग्नतामा एउटा वृहद छाता कानून (Umbrella Law) ल्याउने तर्फ आवश्यक काम कारवाही गर्न उपयुक्त हुने हुनाले सो बमोजिम गर्नु भनी विपक्षी मन्त्रिपरिषद सचिवालय समेतका नाउँमा निर्देशात्मक आदेश जारी हुने । (प्र.नंं. १४ र १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7395 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त प्रतिषेधको आदेश जारी गरी पाउँ । |
| निर्णय वर्ष / मिति | 2061/03/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री वलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7395 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
