नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7393 · वि.सं. २०६१

नि.नं. 7393 — उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयु्क्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जग्गा वाँडफाँड गर्दा वेगल कित्ताको निकास पुकाश र सन्धिसर्पन वारे विचार गर्नुपर्ने नभई वाँडफाँड गर्ने जग्गाको नै नरमकरम विचार गरिने हो । सो आफ्नो पछाडिको वेगल कित्तामा जान असुविधा भयो भन्ने मात्र कारणले छुट्टै कित्तामा भएको वांडफांडमा नरमकरम मिलेन भन्न नमिल्ने । § ललितपुर जिल्ला ललितपुर उप महानगरपालिका वडा नं. १५ स्थित निवेदकको घरदैलामा म्याद टाँस गरेको भन्ने फाइलवाट देखिएको, निवेदकको भनाइ ऐ. १८ नं. वडामा आफ्नो वतन भएको भन्ने भएकोमा निवेदकको वास्तविक ठेगाना १५ नं.वा १८ नं. वडा कहाँ हो भन्ने तथ्यगत् बिषय भई त्यस्तो तथ्यगत बिषय रिट क्षेत्रवाट निरोपण नहुने । (प्र.नं. १३ र १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7393
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश वा अन्य उपयु्क्त आज्ञा, आदेश वा पूर्जि जारी गरी पाउँ ।
निर्णय वर्ष / मिति2061/05/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7393
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्