नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7392 · वि.सं. २०६१

नि.नं. 7392 — उत्प्रेषण परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई राज्यको माध्यम अर्थात् राज्यले गर्ने विभिन्न कार्यहरु मध्येको एक कार्य गर्नको लागि स्थापित राज्यको Agent अथवा Instrument of the state मान्नुपर्ने हुन्छ । राज्यको यस्तो निकायको सबै कार्य राज्यका कानूनहरु अनुकूल नै हुनुपर्ने । § नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको नियमावलीको नियम ९.८.१ मा अन्य निकायमा कार्य गरेको सेवा अवधि जोडिने सम्वन्धी व्यवस्था समावेश भएपछि नियममा उल्लेखित योग्य कर्मचारीहरुको सेवा जोडी पाउने कानूनी हक सिर्जना हुने र सेवा जोडी दिनुपर्ने प्रतिष्ठानको कानूनी कर्तव्य हुने । § प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको नियमावलीको नियम ९.८.१ वहाल रहेको अवस्थामा निवदेकले मिति २०५६।३।२५ मा नोकरी जोडी पाउन निवेदन गरेको र त्यस सम्बन्धमा प्रक्रिया निर्धारण भइनसकेकोले प्रक्रिया निर्धारण भएपछि निर्णय गरिने भनी निवेदकलाई जानकारी गराइसकिएको अवस्थामा उल्लेखित मिति भन्दा पछाडि मिति २०५७।८।२७ मा नियमावलीमा प्रथम संंशोधन गरी नियम ९.८.१ को व्यवस्था खारेज गरिएको भन्ने मात्र कारणले नियम खारेजीको व्यवस्थालाई पश्चातदर्शी असर (Retrospective Effect) दिई उक्त नियमको व्यवस्था क्रियाशील रहेको अवस्थामा निवेदकलाई नियमले प्रदान गरेको सुविधावाट वञ्चित गरिनु नियमसम्मत मान्न नमिल्ने । (प्र.नं. १४ र १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7392
मुद्दाको विषयउत्प्रेषण परमादेशसमेत
निर्णय वर्ष / मिति2061/06/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेत | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय । | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको रायसँग सहमत हुन नसकेको हुँदा सर्वोच्च अदालत नियममावली | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेलको राय र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान नियमावली | माननीय न्यायाधीश श्री सुशीला सिंह सिलुको राय भई सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री सुशिला सिंह शिलुको राय मनासिव देखिंदा उक्त राय सदर हुने ठहर्छ । मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7392
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्