नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7400 · वि.सं. २०६१

नि.नं. 7400 — लिखत दर्ता बदर दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतबाट चलन पूर्जी पाएको मध्ये दर्ता हुन नसकेको जग्गा प्रतिवादी पन्नालालले राजिनामा गरी बेचिसकेको कुरा स्वभावतः चलन पूर्जी पाइसकेपछि मात्र थाहा हुन आएको हुनाले सो कि.नं. ८४ मध्येको केही जग्गा शुरुमा पन्नालालले शिवलाल र तुलसा गिरीलाई ०३३।११।२७ मा राजिनामा लिखत गरी दिएको कुरा वादीहरुले समयमा नैं थाहा पाइसकेको भन्न नमिल्ने । § अंश सम्वन्धी मुद्दाको अदालती निर्णयमा वण्डापत्र नै वदर हुने ठहर भएकोले विवादित जग्गामा पन्नालालको नै स्वामित्व रहेको ठहरिन नआउने । (प्र.नं. १५) § अदालतको चलन पूर्जीबाट कानून बमोजिम चलन पाएको आफ्नो हक र स्वामित्वको जग्गाका सम्बन्धमा आफूले थाहा पाएको मितिले कानूनको म्यादभित्र दायर गरेको फिराद दावी हदम्याद नाघि परेको भन्न नमिल्ने । § पुनरावेदक प्रतिवादी समेतले वादीहरुले दायर गरी अंश पाउने ठहर भएको विवादित जग्गा समेत तायदातीमा परेको उल्लेखित अंश मुद्दाहरुको फैसला वदर मुद्दामा वादीको दावी वमोजिम नहुने ठहरी फैसला भएको भन्ने प्रमाण मिसिलवाट देखिएको अवस्थावाट पनि यस मुद्दाका वादीहरुको अंश मुद्दाको फैसला वमोजिम प्राप्त हक सुरक्षित रहेको मान्नु पर्ने । § फैसला वदर मुद्दावाट पनि वादीहरुको अंश मुद्दावाट प्राप्त हक सुरक्षित हुन गई प्रस्तुत मुद्दाको वादीको दावी खम्वीर हुन जाने । (प्र.नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7400
मुद्दाको विषयलिखत दर्ता बदर दर्ता
निर्णय वर्ष / मिति2061/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शुसिला सिंह सिलु | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7400
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्