§ सर्बोच्च अदालतवाट मिति २०६१।१।११ मा भएको फैसलाको सम्बन्धमा टिका, टिप्पणी र समिति गठन भएको भन्ने निवेदन माग दावीतर्फ हेर्दा, सर्बोच्च अदालतले आफूले गरेको निर्णय तोकिएको अवस्थामा पुनरावलोकन गर्न सक्ने संवैधानिक तथा कानूनी व्यवस्था रहेको पाइन्छ । सर्बोच्च अदालत…
§ प्रतिवादीले विरामी गाइको घाटीमा चक्कुले काटी मारेको भनी किटानी जाहेरी दरखास्त परेको र जाहेरवालाले जाहेरी व्यहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्र समेत गरेको देखिन्छ । प्रतिवादीले गाईलाई नमारेको भए विना कारण निज उपर किटानी जाहेरी दरखास्त दिनुपर्ने कुनै कारण…
§ विपक्षी आर.आर.पी.को बोलपत्र स्वीकृत गर्ने कार्य कानून विपरीत भएको भनी रिट निवेदनमा आर्थिक प्रशासन सम्बन्धी नियमावली, २०५६ को नियम ८१(१४) को आधार लिएको रिट निवेदन व्यहोराबाट देखिन आएको छ । उपरोक्त नियम ८१ को व्यवस्था सरकारी सम्पत्ति बिक्री गर्ने वा भाडामा दिन…
§ वन्दीप्रत्यक्षीकरणको रिट व्यक्तिको अत्यन्त संवेदनशील एवं महत्व राख्ने वैयक्तिक स्वतन्त्रताको हकसँग सम्वन्धित छ र त्यस्तो स्वतन्त्रताको संरक्षण गर्ने यो एक शक्तिशाली उपाय हो । त्यसैले वन्दीप्रत्यक्षीकरणको रिट यसको प्रभावकारिता र प्रकृतिले नै अन्य रिटहरु भन्दा…
§ अवण्डा रहेका जग्गा मध्ये आफ्नो भाग जति आफ्नो जीवनकालमै छुट्याई रत्नमायाले आफ्नो हक स्थापित गरि नसकेको, र कुनै लिखत गरी यि वसुन्धराभक्तलाई निजले नदिएको अवस्थामा वावुसँग संगोलमा रहेको नाताले वण्डापत्रवाट प्राप्त अंश हक जस्तै अवण्डाको सम्पत्तिमा पनि वसुन्धरा भक…
§ इट्टा तथा टायल उत्पादन गर्ने आफ्नो मूल उद्योग व्यवसायमा मन्दी आएको वा कम्पनी सुचारुरुपमा चल्न नसकेको अवस्थामा आफ्नो हित अनुकूल कम्पनीले आफूलाई फाइदा हुने कुनै कारोवार नै गर्न नसक्ने भन्न नमिल्ने । § निवेदकहरुले यो सम्पत्ति श्री ५ को सरकारबाट खरीद गरेको हुंदा…
§ इट्टा तथा टायल उत्पादन गर्ने आफ्नो मूल उद्योग व्यवसायमा मन्दी आएको वा कम्पनी सुचारुरुपमा चल्न नसकेको अवस्थामा आफ्नो हित अनुकूल कम्पनीले आफूलाई फाइदा हुने कुनै कारोवार नै गर्न नसक्ने भन्न नमिल्ने । § निवेदकहरुले यो सम्पत्ति श्री ५ को सरकारबाट खरीद गरेको हुंदा…
§ संविधानको धारा ८८(२) अन्तर्गतको असाधारण अधिकार क्षेत्र अन्तर्गत धारा २३ द्वारा प्रदत्त हक प्रचलन गराई पाउँ भनी यस अदालतमा रिट निवेदन लिई आउने प्रत्येक निवेदकले कुनै पनि तथ्य नलुकाई निवेदनमा सवै कुरा उल्लेख गर्नुपर्दछ । भनिन्छ One who come in equity must come…
§ प्रतिवादीले विवादित जग्गा वादीलाई नदिई अन्य व्यक्तिलाई दिएमा मात्र क्षतिपूर्ति र साँवा व्याज भराउन सक्ने शर्त राखिएकोमा प्रतिवादीले विवादित जग्गा अरुलाई दिइसकेको भन्ने दावी लिन सकेको नदेखिंदा क्षतिपूर्ति तथा साँवा व्याज भराई पाउँनु पर्ने अवस्था रहेको नदेखिने…
§ बिपक्षी औद्योगिक विकास निगमलाई नेपाल औद्योगिक विकास निगम ऐन २०४६ को दफा ६.४.१ ले ऋण असुलीका लागि ऋणी उद्योगको धितो वा अन्य सम्पत्तिहरु लिलाम समेतको कार्य गर्न सक्ने अधिकार प्रदान गरेको अवस्था देखिन्छ । तसर्थ सम्पत्ति लिलामको कारवाही पश्चात पनि ऋण असुल हुन नस…
§ शिक्षा ऐन, २०२८ को दफा २१(१) मा यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियममा लेखिए जति कुरामा सोही बमोजिम र नलेखिएको कुरामा प्रचलित नेपाल कानून बमोजिम हुनेछ भनि व्यवस्था गरिएबाट कुनै पनि संस्थागत विद्यालय कम्पनीको रुपमा दर्ता हुँदैमा सो को सञ्चालन कम्पनी ऐन अन्तर्गत…
§ WLL प्रविधिबाट संचालन हुने Limited Mobility सेवा संचालन गर्न अनुमति दिइंदा लिइने अनुमतिपत्र दस्तुर लगायतका दस्तुरहरु राज्यलाई गंभीर आर्थिक हानी नोक्सानी हुने गरी तोकिएको भनी निवेदकले प्रश्न उठाएको पाइदा राष्ट्रिय ढुकुटीमा असर पर्ने गरी दस्तुर तोकिएको भन्ने क…
§ विवादको जग्गा पुनरावेदक प्रतिवादीले भोगाधिकारका आधारमा दर्ता गराएको र पछि नरबढीको आधारमा थप गरेको जग्गा पहिले ऐलानी भई सरकारी भन्नेमा विवाद नभएको अवस्था हुनुका साथै हक वेहकको प्रश्न उठाइ उजूरी परेको देखिदां सो जग्गा सम्बन्धी हक वेहकको प्रश्नमा वन क्षेत्र सुद…
§ सर्वोच्च अदालतको न्यायाधीशको नियुक्तिको लागि नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८७ को उपधारा (३) द्वारा निर्धारित कानूनमा स्नातक अधिवक्ता वा बरिष्ठ अधिवक्ताको हैसियतमा कम्तिमा १५ वर्ष वकालत गरेको भन्ने दोश्रो योग्यता पुगेकोनै देखिन आयो र साथै कानून व्यवस…
§ साहु असामी वनी अचल सम्पत्ति वाहेकको रुपैयाँ लेनदेनको कपाली तमसुकी रुपैयाँको लिखतको बिषयमा दाबी लिने सम्बन्धमा लेनदेन व्यवहारको २ नं. मा व्यवस्था भएको पाइने र त्यसमा दावी लिने हदम्याद १० बर्ष कायम रहेको पाइन्छ । रजिष्ट्रेशन पारित हुन नसकेको राजीनामाको लिखतको…
§ वादीको फिराद दावीमा रहेका प्रतिवादी प्रत्यर्थीहरु सरकारी कर्मचारी नदेखिई सरकारी कार्यालय देखिइरहेको र त्यस्तो सरकारी कार्यालयले जग्गा दर्ता गर्ने गरी गरेको निर्णय तथा दर्ता बदर गर्ने विषयमा प्रस्तुत फिराद परेको सन्दर्भमा फिरादको विषयवस्तु मुलुकी ऐन जग्गा पजन…
§ कुनैपनि व्यक्तिलाई कसैले गैरकानूनी रुपमा पक्री कव्जामा लिएको अवस्था पुष्टि भएमा अदालतद्वारा त्यस्तो पक्राउ गर्ने व्यक्ति वा निकाय उपर वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी वन्दी छुट्न सक्ने हुन्छ । वन्दी वनाइएका भनिएको सन्तवहादुर कहाँ कुन अवस्थामा वन्दी छन् भन…
§ “दाइजो पेवा” वाट पाउने सम्पत्तिको श्रोत र “आर्जन” गरेको सम्पत्तिको श्रोत एकै किसिमको नभै वेग्ला वेग्लै किसिमको हुन्छ । “दाइजो पेवा” को सम्पत्तिको श्रोत अरु व्यक्ति हुन्छ भन्ने “आर्जन” वाट प्राप्त हुने सम्पत्तिको श्रोत आफ्नै ज्ञान, सिप, प्रयास हुन्छ । तर दुवै…
§ निवेदक रामजी दमाईको दावीको जग्गाको मोही हक समाप्त भएको अबस्था नदेखिएको र निजले पूर्ण कुमारीलाई २०२२।१२।११ मा गरिदिएको लिखतमा घर सम्म भन्ने उल्लेख भएको सो लिखत व्यहोराबाटै देखिएकोमा सो लाई अन्यथा भन्न सकिने अबस्था देखिएन । साथै पूर्ण कुमारीबाट होमनाथ समेतले २…
§ रिट क्षेत्रवाट स्पष्ट संवैधानिक वा कानूनी हकको संरक्षण हुने भएवाट प्रमाणको आधारमा निरुपण हुने विषयहरुमा पुनरावेदकीय क्षेत्र नै प्रभावकारी हुने हुँदा यस्तो अवस्थामा वैकल्पिक उपचार नै अनुसरण गर्नुपर्ने हुन्छ । वैकल्पिक उपचार प्रभावकारी भएको अवस्थामा पनि कतिपय…
§ चोरी गर्ने भनिएका व्यक्ति कृष्णवहादुरले नै जाहेरवालाको जाहेरी अनुसारको ऊन चोरी गरेको नठहरे पछि सो ऊन किन्ने भनिएका पुनरावेदकले ऊन किन्ने अवस्थै नआउने र निजले अदालतमा बयान गर्दा बरामद भएको भनिएको ऊन आफ्नो हो भनेको र सो कुरालाई पुनरावेदन अदालतको फैसलाले समेत स…
§ प्रतिवादीहरु समेतले वोकेको झोलावाट ८५ किलो ग्राम गांजा वरामद भएको भन्ने मिति २०५३।८।१८ को वरामदी मुचुल्कावाट देखिन्छ । उक्त वरामदी मुचुल्का र वरामद भएको गांजा सहितको झोला प्रतिवादीहरुले गरेको सनाखतवाट प्रतिवादीहरुको साविती वयान पुष्टि भइरहेको देखिई यी प्रतिव…
§ हालैदेखि वा शेषपछिको गरी वकसपत्रका २ रुप भए पनि तिनीहरुको उद्देश्य भनेको दातामा रहेको स्वामित्व प्राप्तकर्तामा हस्तान्तरण हुनु हो । शेषपछिको वकसपत्रमा दातालाई केही कारणले चित्त नवुझेमा वदर गर्ने हक रहे पनि उसले सो लिखत वदर नगरेसम्म त्यसको कानूनी मान्यता रहिर…