नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7371 · वि.सं. २०६१
नि.नं. 7371 — वन्दीप्रत्यक्षीकरण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनैपनि व्यक्तिलाई कसैले गैरकानूनी रुपमा पक्री कव्जामा लिएको अवस्था पुष्टि भएमा अदालतद्वारा त्यस्तो पक्राउ गर्ने व्यक्ति वा निकाय उपर वन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी वन्दी छुट्न सक्ने हुन्छ । वन्दी वनाइएका भनिएको सन्तवहादुर कहाँ कुन अवस्थामा वन्दी छन् भन्ने कुरा निवेदक समेतले अदालतलाई यकिन हुने गरी भन्न नसकेको र सम्पूर्ण लिखित जवाफ प्रस्तुतकर्ताहरुले पनि निवेदकलाई पक्राउ गरेको थुनामा राखेको छैन भनी अनभिज्ञता देखाइएको हुँदा वन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी वन्दीलाई थुनावाट मुक्त गर्न सक्ने अवस्था नदेखिने । § वन्दी भनिएका व्यक्ति सन्तवहादुरको थुनाको अवस्था यकिन हुने गरी कुनै पनि वेला निवेदन परेका वखत फेरि पनि वन्दीप्रत्यक्षीकरणको निवेदन दिन सकिने नै हुंदा हाल रिट जारी गरिरहन पर्ने अवस्था नदेखिंने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7371 |
|---|---|
| मुद्दाको विषय | वन्दीप्रत्यक्षीकरण । |
| निर्णय वर्ष / मिति | 2061/03/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7371 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
