सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १७४ / ४४०

नि.नं. 7363वि.सं. २०६१संयुक्त इजलास

नक्सा विपरीत घर निर्माण ।

§ आफ्नो जग्गाको दायरा भन्दा वढि सांध सिमानाको अन्य व्यक्तिको जग्गातर्फ घरको सुरक्षार्थ भनि टप निकाल्न मिल्छ भन्न नमिल्ने । § अर्काको जग्गाको माथि टप निकाली छतको पानीको निकास संधियारको जग्गामा खसाल्दा जग्गावालालाई मर्का पर्दैन भन्न पनि नमिल्ने । § आफूले नगरपालि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7362वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण परमादेश ।

§ स्वीकृत टेण्डर भर्दा केरमेट भएको र गिटी तथा वालुवाको ठेक्काको लागि लिएको फारम अर्को प्रयोजनको लागि अर्थात काँचो छाला सँकलन सम्वन्धमा भरी पेश गरेको कार्य सम्म गैरकानूनी भयो भनी विवाद उठाएको पाइयो । यी निवेदकले उल्लेखित वोलपत्र आव्हान गरेको प्रक्रियामा अनियमित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7361वि.सं. २०६१संयुक्त इजलास

नागरिकता किर्ते ।

§ प्रतिवादीहरुले लाइसेन्स बनाउने प्रयोजनको लागि व्यहोरा घटी वढी पारी नागरिकताको फोटोकपी पेश गरेको र अर्काको नामको सहिछाप लगाई डाक्टरी सर्टिफिकेट बनाई पेश गरेको सम्म देखियो । अभियोगपत्र मागदावी अनुसार यी प्र.हरुले अड्डाको छाप दस्तखत वा सरकारी कर्मचारीको छाप दस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7360वि.सं. २०६१संयुक्त इजलास

जारी ।

जारी

§ वादी दावी वमोजिम प्रतिवादी नन्दकला अधिकारी मिति २०५१।५।२३ मा प्रतिवादी मध्येका पूर्णवहादुर तामाङ्गसँग पोइल गएको भए पोइल गइसकेपछि वादीले प्रतिवादी नन्दकला अधिकारीबाट मिति २०५२।५।११ मा राजिनामा गरी कित्ता नम्वर ४९८ को जग्गा लिनु दिनु गर्नुपर्ने अवस्था देखिन नआ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7359वि.सं. २०६१विशेष इजलास

उत्प्रेषण परमादेश सहितको जो चाहिने आज्ञा आदेश वा पूर्जी जारी गरी पाउँ ।

§ वर्ग भनेको व्यापक शव्द हो । यो शव्दले धनी वा गरिव वर्गमात्र समेटिने भनि व्याख्या गर्न सकिन्न । वर्गको शाव्दिक अर्थ खोज्दा “वर्ग ” ले श्रेणी, समूह, समाज, जाति समेत धेरै अर्थ दिने गर्दछ । उदाहरणको लागि मनुष्य वर्ग, वनस्पति वर्ग, पुरुष वर्ग, महिला वर्ग इत्यादि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7358वि.सं. २०६१विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(१) बमोजिम संविधानसंग वाझिएको कानून अमान्य र बदर घोषित गरी पाउँ ।

§ नेपालले अनुमोदन गरी सकेको नेपाल पक्ष भएको कुनै सन्धिमा व्यवस्था भएको कुरा प्रचलित नेपाल कानूनसंग वाझिएमा सोे वाझिएको हदसम्म प्रचलित नेपाल कानून अमान्य हुने छ र तत्सम्बन्धमा सन्धिको व्यवस्था नेपाल कानून सरह लागू हुने छ भन्ने व्यवस्था प्रचलित नेपाल कानूनले गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7357वि.सं. २०६१विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ बमोजिम संविधासंग वाझिएको कानून अमान्य र बदर घोषित गरी पाउँ ।

§ अपुतालीबाट पाएको सम्पत्ति अंशवण्डाको महलको १८ नं. को व्यवस्थाले निजी ठहरी आफूखुसी गर्न पाउने र वण्डा गर्न कर नलाग्ने सम्पत्ति हो । यसरी अंशियारका बीच वण्डा गर्न कर नलाग्ने समेतको प्रकृतिको सम्पत्ति स्वतः हकवालाले पाउने भन्दा सो अंशवण्डाको १८ नं. को कानूनी व्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7356वि.सं. २०६१संयुक्त इजलास

जालसाजी ।

§ मुचुल्कावाट वादीको हक अधिकारमा आघात र आर्थिक क्षति पुग्ने रहेछ कि भन्नलाई उक्त मुचुल्कामा स्व. किशोरी शरणको सदगत काजकृया प्रतिवादी महाविर शरणले गरेको र निज किशारी शरणको चेला भएको हुँदा चाँदर ओढाएको व्यहोरा उल्लेख भएको एउटा घरसारको मुचुल्कावाट कुनै हकको स्थाप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7355वि.सं. २०६१संयुक्त इजलास

बहु विवाह

§ भिमसेन के.सी.ले कल्पनासँग २०४८।८।२८ मा विवाह गरेको हो भनि मिति तोकी बयान गर्ने साक्षी लिलवहादुर रानासित अदालतले भिमसेनले भनेको मिति र कालिकाले जाहेरीमा भनेको मिति फरक प¥यो कुन चाही मिति सही हो भनि दोहोर्‍याई सोधनी गर्दा “सो बारे मलाई थाहा छैन” भनेको देखियो ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7354वि.सं. २०६१संयुक्त इजलास

हक कायम ।

§ जग्गा नापी हुनु भन्दा पुर्व र जग्गा नापी भइसके पश्चातको अवस्था फरक फरक हुन्, नापी हुनु भन्दा पुर्वको दर्ता श्रेष्ता अनुसारका ससीम कित्ता जग्गा नापी हुनु भन्दा पुर्व खरिद गरिएकोमा पछि नापी हुँदा जग्गाको क्षेत्रफल बढ्न गएमा खरीद गर्नेको हक नहुने भन्न सकिने अवस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7353वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ अपवादको रुपमा पर्न आउने अ.वं.६२ नं. र १७५ नं.को स्थिति यी निवेदकलाई परेको भै निजले सो को सुविधा माग गरेको अवस्था नदेखिंदा सो सुविधाको लागि निवेदकलाई पर्खन पर्ने र निजले पाउने नहुंदा सो कुराले निवेदकको हकमा तात्विक भिन्नता ल्याउने र असर पार्ने देखिन आएन । जहा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7352वि.सं. २०६१संयुक्त इजलास

घर खाली चलन ।

§ प्रस्तुत विवादको तथ्यमा दावी बमोजिमको घरजग्गा वादीका दाता जेदु राउत कुर्मीले यिनै पुनरावेदक उपर दिएको घर खाली चलन मुद्दामा जिती पाएकोमा विवाद नभएको र ऐनले निर्दिष्ट गरेको म्याद भित्र फैसला कार्यान्वयन हुन नसके पनि सो जग्गा हालसम्म विपक्षी वादीकै हकभोगमा देखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7351वि.सं. २०६१संयुक्त इजलास

हक निखनाई पाउँ ।

§ अदालतबाट मिति २०५१।९।२ मा भै आएको नक्सा हेर्दा न.नं.२८ को मुल कुलोबाट न.नं.३७ को कुलोको पानी पहिले वादीको न.नं.३० को जग्गामा लाग्ने त्यसपछि मात्र निखनाई पाउँ भनी दावी लिएको न.नं.३५ को कि.नं.१७५८ को जग्गामा लाग्ने देखिंदा वादीको न.नं.३० को जग्गामा सिचाई गर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7350वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषण समेत ।

§ टाइपिष्ट पदमा कार्यरत कर्मचारीको कामको प्रकृति र प्रशासनतर्फ कार्यरत कर्मचारीको कामको प्रकृति भिन्न हुने भै टाइपिष्ट पदमा कार्यरत कर्मचारीलाई प्रशासनतर्फ बढुवाको लागि प्रशासकीय तालिम लिएको हुनुपर्ने पूर्व शर्त राखिनु स्वभाविक हुने । § सेवाकालीन तालिमको मात्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7348वि.सं. २०६१संयुक्त इजलास

डांका ।

§ मुलुकी ऐन चोरीको ६ नं. मा चार जना भन्दा वढ्ताको जमात भई जवरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई वा उठाई छाडी वा हुल हुज्जत गरी चोरी गरेको डांका ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ । प्रतिवादीहरु ६ जनाले उपरोक्त लेखिए अनुसार गरेको कार्य मुलुकी ऐ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7347वि.सं. २०६१संयुक्त इजलास

करकाप लुटपिट ।

§ वादीले प्रत्यक्षदर्शी भनी दिएको साक्षी वेचन महतो र जिवच्छा शाहा पनि वारदात भयो भनेको ठाउँमा नभै अन्यत्र ठाउँका देखिने र निजहरु वारदातको दिन प्रतिवादी सुदामाको घरमा रातको समयमा आई वस्नुपर्ने उपयुक्त कारण समेत नदेखिंदा निजहरुको वकपत्रको प्रमाणिक मूल्य त्यति भर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7346वि.सं. २०६१संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ आफ्नै श्रीमतीलाई खुकुरी जस्तो जोखिमपूर्ण हतियारले प्रहार गरे पश्चात प्रतिवादी स्वयंले निजलाई उपचार गर्ने वा वचाउने उद्देश्यले कुनै उपाय अवलम्वन गर्ने प्रयास गरेको अवस्था पनि मिसिलवाट देखिन नआई आफु फरार रही पछि पक्राउ परेको स्थितिमा ज्यान सम्वन्धीको १३(१) नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7345वि.सं. २०६१संयुक्त इजलास

निर्णय दर्ता वदर ।

§ निर्णयको नक्कल सारी पाउँ भनि यी वादी छली लमिनीले मिति २०४६।९।१३मा सो गुठी कार्यालयमा निवेदन दिए तापनि सो मितिमा नक्कल लिएको देखिदैन । वादीले दिएको उक्त निवेदनमा सो कार्यालयवाट नियमानुसार गर्ने भनि तोकादेश सम्म भएको देखिन्छ । अड्डा अदालतमा रहेको कुनैपनि कागज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7344वि.सं. २०६१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश ।

§ राजश्व समूहको बिज्ञापित पदमा संस्कृत उत्तरमध्यमाको शैक्षिक योग्यताको सम्बन्धमा रिक्त पदको खुल्ला प्रतियोगितामा नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी बिभाजन र नियुक्ति) नियमहरु, २०५० को नियम ७ बमोजिम खुला प्रतियोगिताको लागि सो नियमावलीको अनुसूची ४ बमोजिमको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7343वि.सं. २०६१संयुक्त इजलास

परमादेश ।

§ एउटै कानूनी व्यवस्था अनुसार काम कारवाही गर्दा जति पटक वा जुन समयमा भए गरेको भएतापनि समान किसिमबाट गर्नुपर्ने हुन आउँछ । अन्यथा त्यस्तो काम कारवाहीलाई कानून अनूकूलको मान्न मिल्ने नदेखिने । § २०५६ सालको कुतवाली वापतको धरौट सोही सालको फागुन मसान्तमा लिएको र कुत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7342वि.सं. २०६१विशेष इजलास

उत्प्रेषण ।

§ रिट निवेदनमा चुनौति दिइएको स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) अध्यादेश, २०६० संसदको दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा जारी गरिएको भन्ने बिषयमा विवाद छैन । उक्त अध्यादेश कस्तो परिस्थितिमा जारी गरिएको थियो र त्यसमा गरिएको व्यवस्था उचित थियो वा थिएन भन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7341वि.सं. २०६१पूर्ण इजलास

लागू औषध ।

§ लागू औषध (नियन्त्रण) ऐन विशेष प्रकृतिको ऐन भएको र विशेष प्रकृतिको ऐनले गरेको व्यवस्था सोही अनुरुप कार्यान्वयन भएको हुनुपर्छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को व्यवस्थाले सो ऐनको दफा ४ ले निषेधित गरिएका कार्य गरेको भन्ने देखिन आएमा निषेधित कार्य गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7340वि.सं. २०६१पूर्ण इजलास

लेनदेन, किर्ते जालसाजी ।

§ कारणीको हस्ता सही सद्दे हो भन्ने तथ्य स्वीकार गरेको अवस्थामा लिखतका अन्य कुरा झुठृा हो भन्ने पक्षले सो कुरा प्रष्ट रुपमा प्रमाणित नगरे सम्म सो लिखतको कुरालाई अरु आधारले खण्डित गर्न वा कमजोर पार्न नसक्ने । § आफ्नो हकहितमा असर पर्ने कुनै कार्य कसैले गरेको रहेछ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 7338वि.सं. २०६१संयुक्त इजलास

जोत नामसारी

§ मोहीको शेषपछि निजको हक खाने एकमात्र हकवालामा सर्ने हुँदा त्यस्तो अवस्थामा पनि भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोही रोज्नु पर्ने व्यवस्था आकर्षित हुने र जग्गावालाले मोहीको एकमात्र हकवालालाई मोही स्वीकार नगरेमा वा मोहियानी नामसारी नभएमा मोहियानी हक…

नजिर सार पढ्नुहोस् →