नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7363 · वि.सं. २०६१
नि.नं. 7363 — नक्सा विपरीत घर निर्माण ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो जग्गाको दायरा भन्दा वढि सांध सिमानाको अन्य व्यक्तिको जग्गातर्फ घरको सुरक्षार्थ भनि टप निकाल्न मिल्छ भन्न नमिल्ने । § अर्काको जग्गाको माथि टप निकाली छतको पानीको निकास संधियारको जग्गामा खसाल्दा जग्गावालालाई मर्का पर्दैन भन्न पनि नमिल्ने । § आफूले नगरपालिकामा घर निर्माणको लागी नक्सा पास गर्न भनि दिएको नक्साको आधार प्रकार र जग्गाको प्रकृति अनुसार नै नगरपालिकाले तोकेको मापदण्ड भित्र रही घर निर्माण गर्नुपर्ने दायित्व रहेकोमा प्रतिवादीले सो को विपरीत वादीको जग्गातर्फ वर्षादको पानीवाट आफ्नो घर जोगाउन भनि वढिटप निकालेको देखिंदा नक्सा र प्राविधिकले पेश गरेको प्रतिवेदनवाट वढि देखिएको टपको हदसम्म भत्काउन पर्ने होइन भन्न नसकिने । § नगरपालिकाको प्रमुखले जरिवाना वा घर वा घरको केही हिस्सा भत्काउने मध्ये कुनै एक मात्रको सजाय गर्न पाउने देखिंन्छ । तर प्रस्तुत मुद्दामा नगर प्रमुखले दुवै किसिमको अर्थात वढी देखिएको टप भत्काई दिने र रु .३०००। जरिवाना गर्ने गरी दोहोरो सजाय गर्न नमिल्ने । (प्र.नं. १४ र १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7363 |
|---|---|
| मुद्दाको विषय | नक्सा विपरीत घर निर्माण । |
| निर्णय वर्ष / मिति | 2061/04/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेल | माननीय न्यायाधीश श्री हरिजंग सिजापती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7363 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
