नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7344 · वि.सं. २०६१

नि.नं. 7344 — उत्प्रेषणयुक्त परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ राजश्व समूहको बिज्ञापित पदमा संस्कृत उत्तरमध्यमाको शैक्षिक योग्यताको सम्बन्धमा रिक्त पदको खुल्ला प्रतियोगितामा नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी बिभाजन र नियुक्ति) नियमहरु, २०५० को नियम ७ बमोजिम खुला प्रतियोगिताको लागि सो नियमावलीको अनुसूची ४ बमोजिमको शैक्षिक योग्यता आवश्यक हुन्छ । तर प्रस्तुत बिज्ञापित पद खुला प्रतियोगिता नभै कार्य क्षमताको आधारमा बढुवा गरिने पद हुँदा यसमा बिज्ञापित पद भन्दा तल्लो पदमा रहेका सबै कर्मचारीहरुले भाग लिन पाउने नै देखिएको हुँदा निवेदकको माग बमोजिम राजश्व सम्बन्धी शैक्षिक योग्यता नभएको भन्न र मान्न मिल्ने अवस्था देखिन नआउने । § प्रत्यर्थी मध्येका प्रल्हादप्रसाद उपाध्याय रिजाल निजामती कितावखानाको ०५८।८।५ को पत्रबाट ०५८।९।२७ देखि अनिवार्य अवकाश पाइसकेको भन्ने देखिंदा अवकाश पाइसकेको ब्यक्तिको हकमा निवेदकले उठाएको बिषय बस्तुको औचित्यमा प्रवेश गर्नु पर्ने अवस्था बिद्यमान नरहने । § कर कार्यालय, जनकपुरको ०५२।८।६ र ०५६।५।१३ को पत्रबाट आ.ब. ०५२।५३ को कार्यसम्पादन मूल्याङ्कन फाराम ०५३।४।७ मा, आ.ब.०५३।५४ को कार्यसम्पादन मूल्याङ्कन फाराम ०५४।४।१ मा र आ.ब.०५४।५५ को कार्यसम्पादन मूल्याङ्कन फाराम ०५५।४।६ मा पेश भएको कुरा दर्ता कितावबाट र प्रमाणित भएको भन्ने उल्लेख भै आएबाट प्रमाण ऐन, २०३१ को दफा ६ बमोजिम सरकारी अड्डामा रहेको श्रेस्तालाई मान्यता दिनुनै पर्ने हुँदा अगाडि मिति राखी पछि कार्यसम्पादन मूल्याङ्कन फाराम पेश भएको भन्ने निवेदन लेखलाई प्रमाणद्वारा पुष्टि गर्न नसकेको स्थितिमा निवेदन कथन लेखकै आधारमा मात्र रिट जारी गर्नु मनासिब नहुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7344
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश ।
निर्णय वर्ष / मिति2061/03/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7344
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्