नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7352 · वि.सं. २०६१

नि.नं. 7352 — घर खाली चलन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रस्तुत विवादको तथ्यमा दावी बमोजिमको घरजग्गा वादीका दाता जेदु राउत कुर्मीले यिनै पुनरावेदक उपर दिएको घर खाली चलन मुद्दामा जिती पाएकोमा विवाद नभएको र ऐनले निर्दिष्ट गरेको म्याद भित्र फैसला कार्यान्वयन हुन नसके पनि सो जग्गा हालसम्म विपक्षी वादीकै हकभोगमा देखिएकोमा पुनरावेदकले सो जग्गामा आफुले २०२५ सालमा घर बनाएको भन्ने जिकिर लिएपनि सो जग्गाको हकभोग स्वामित्व प्रमाणित गराउन नसकेबाट निजको पुनरावेदन जिकिरसँग सहमत हुन सक्ने अबस्था नभएबाट दावी बमोजिम घर खाली गरी चलन चलाई पाउने ठहराएको पुनरावेदन अदालत हेटौंडाको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7352
मुद्दाको विषयघर खाली चलन ।
निर्णय वर्ष / मिति2061/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री बद्री कुमार बस्नेत
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7352
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्