नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7362 · वि.सं. २०६१

नि.नं. 7362 — उत्प्रेषण परमादेश ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ स्वीकृत टेण्डर भर्दा केरमेट भएको र गिटी तथा वालुवाको ठेक्काको लागि लिएको फारम अर्को प्रयोजनको लागि अर्थात काँचो छाला सँकलन सम्वन्धमा भरी पेश गरेको कार्य सम्म गैरकानूनी भयो भनी विवाद उठाएको पाइयो । यी निवेदकले उल्लेखित वोलपत्र आव्हान गरेको प्रक्रियामा अनियमितता भयो भन्न नसकी टेण्डर खुले पछि सो टेण्डर आफूलाई नपरेको अवस्थामा विवाद उठाएको देखिन्छ । वोलपत्र खोल्दा निवेदकले कवोल गरेको रकम भन्दा विपक्षी मुसलिम मियाले कवोल गरेको रकम वढी रहे भएको कुरालाई स्वयं निवेदकले समेत स्वीकारेका छन् । टेण्डर सम्वन्धी सम्पूर्ण प्रक्रियालाई स्वीकार गरी आफूलाई टेण्डर नपरेपछि रिट क्षेत्रमा प्रवेश गर्ने यी निवेदकले के कति कारणले आफ्नो मौलिक एवँ कानूनी हकमा असर परेको हो खुलाउन सकेको पांइदैन । निवेदकको मौलिक एवं कानूनी हकमा असर परेको अवस्थामा मात्र रिट क्षेत्र आकर्षित हुने हुँदा निवेदकले स्वीकृत टेण्डरलाई नै गैरकानूनी भनेको आधारमा मात्र रिट जारी गर्न नमिल्ने । (प्र.न.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7362
मुद्दाको विषयउत्प्रेषण परमादेश ।
निर्णय वर्ष / मिति2061/04/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्रीमती शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7362
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्