नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7361 · वि.सं. २०६१
नि.नं. 7361 — नागरिकता किर्ते ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीहरुले लाइसेन्स बनाउने प्रयोजनको लागि व्यहोरा घटी वढी पारी नागरिकताको फोटोकपी पेश गरेको र अर्काको नामको सहिछाप लगाई डाक्टरी सर्टिफिकेट बनाई पेश गरेको सम्म देखियो । अभियोगपत्र मागदावी अनुसार यी प्र.हरुले अड्डाको छाप दस्तखत वा सरकारी कर्मचारीको छाप दस्तखत नै किर्ते गरेको अवस्था भने देखिन नआउने । § प्रतिवादी सुरेश गुप्ताले नागरिकता किर्ते गरी बनाएको अवस्था नदेखिई व्यहोरा सम्म घटीवढी पारी नागरिकताको फोटोकपी पेश गरेको देखिएको हुँदा किर्ते कागजको ९ नं. अनुसार निजलाई रु. ५०। जरिवाना गरेको र अर्का प्र. यी अम्वुरामले लाइसेन्स बनाउने प्रयोजनको लागि किर्ते कागजको १३ नं. अनुसार एउटाको नाममा अर्कोले सहिछाप गरी डाक्टरको सर्टिफिकेट बनाएको हुँदा ऐ को १३ नं. अनुसार रु.२०। जरिवाना गरेको पुनरावेदन अदालतको इन्साफ मिलेकै देखिने । § प्रतिवादीहरुले लाइसेन्स बनाउने प्रयोजनको लागि व्यहोरा फरक पारी पेश गरेको नागरिकताको फोटोकपीलाई सरकारी अड्डा वा कर्मचारीको छाप दस्तखत किर्ते गरेको सँज्ञा दिन नमिल्ने हुँदा निज प्र.हरुलाई किर्ते कागजको १२ नं. अनुसार थप सजाय गर्न नमिल्ने । (प्र.नं. २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7361 |
|---|---|
| मुद्दाको विषय | नागरिकता किर्ते । |
| निर्णय वर्ष / मिति | 2061/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री हरिराम कोइरालाको राय । | माननीय न्यायाधीश श्री हरिराम कोइरालाको राय सदर हुने ठहर्छ । प्रतिवादी सुरेशप्रसाद गुप्तालाई किर्ते कागजको १२ नं. वमोजिम थप कैद वर्ष १ (एक) हुने गरी शुरु कास्की जिल्ला अदालतको फैसला सदर गरेको मा.मु.न्या. श्री रामप्रसाद श्रेष्ठको रायमा मेरो सहमती नहुंदा मा.न्या. श्री हरिराम कोइरालाको राय कायम भै सो वाहेकको अन्य पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने पुनरावेदन अदालतको फैसला। |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7361 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
