नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7348 · वि.सं. २०६१

नि.नं. 7348 — डांका ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन चोरीको ६ नं. मा चार जना भन्दा वढ्ताको जमात भई जवरजस्ती चोरी वा रहजनीमा लेखिएका रीतसँग वा हातहतियार लिई वा उठाई छाडी वा हुल हुज्जत गरी चोरी गरेको डांका ठहर्छ भन्ने व्यवस्था भएको पाइन्छ । प्रतिवादीहरु ६ जनाले उपरोक्त लेखिए अनुसार गरेको कार्य मुलुकी ऐन चोरीको महलको ६ नं. मा उल्लेख भए अनुसारको देखिई निज प्रतिवादीहरुले डांका गरेको अवस्था देखिन आउने । § वरामद भएको वाहेक अरु रुपैया प्रतिवादीहरुले कहां कुन ठाउँमा राखेका छन भन्ने कुरा खुल्न आएको पाइदैन । अदालतमा सावित भई वयान गर्ने प्रतिवादीहरुले र मौकामा प्रहरी समक्ष गरेको साविती वयानमा पनि वरामद भएको विगो मात्र डांका गरेको भन्ने उल्लेख गरेको देखिन्छ। वरामद भएको वाहेक अरु रकम प्रतिवादीहरुले खाई मासेको वा अरु कसैलाई दिएको भन्ने कुरा पनि पुष्टि हुने कुनै आधार प्रमाण भएको देखिएन । यस स्थितिमा वरामद भए भन्दा वढि रकम प्रतिवादीहरुले डांका गरी लगेको मान्न नमिल्ने । § जरिवाना गर्दा डांका गरी लगेको विगो मध्ये जसवाट जति विगो वरामद भएको छ, त्यसले त्यतिमात्र डांका गरेको मानी त्यसको आधारमा प्रत्येकलाई छुट्टाछुट्टै जरिवाना हुने नभई जम्मा जति विगो डांका गरेको ठहर्छ सो डांका गरेको ठहरिएका प्रत्येकलाई त्यहि विगोको आधारमा डेढी जरिवाना गर्नुपर्ने हुन्छ । त्यसकारण आफुवाट वरामद भएको भनिएको विगो भन्दा वढि जरिवाना गरेको नमिलेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिरसँग सहमत हुन नसकिने । (प्र.नं. ४१ देखि ४३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7348
मुद्दाको विषयडांका ।
निर्णय वर्ष / मिति2061/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री हरिजंग सिजापति
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7348
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्