§ छुटै अस्तित्व भएकी विवाहिता छोरीले प्रयोग गरेको टेलिफोनको महसुल नतिरेकोमा मेरो टेलिफोन सेवा अवरुद्ध गर्न नमिल्ने भन्ने निवेदन जिकिरका सम्वन्धमा विचार गर्दा टेलिफोन नं. २०१६२ निवेदकको छोरीको नाउँमा रहेको भएतापनि मिति २०४५।३।२० मा निवेदक स्वयंले उक्त टेलिफोन ज…
§ मुद्दामा मिति २०४२।६।२० मा प्रतिवादी भक्तवहादुरले र.नं. १०५८ वाट प्रतिवादी पदमवहादुर कार्कीलाई र सोही दिन निज पदमवहादुरले र.नं. १०६३ वाट जमुनीदास र रामछविला दासलाई बिक्री गरि दिएको अवस्था भएतापनि दुवै लिखतको विषयवस्तु विवादको कि.नं. १८० को जग्गा रहेको, दुवै…
§ शाही नेपाल वायुसेवा निगमको पदपूर्ति समितिले बढुवाको लागि तयार पारेको सम्भाव्य उम्मेदवारको वैयक्तिक विवरण फारामहरुबाट रिट निवेदकले अरु बढुवामा सिफारिश हुने उम्मेदवारहरुले पाएसरह आ.वं.०५२।०५३ देखि आ.व. ०५५।०५६ सम्ममा पुरै “क” वर्गको का.स.मू.प्राप्त गर्नु भएको…
§ भारतमा वस्ने व्यक्तिहरुले सौतेनी मामला भएको स्थितिमा प्रतिवादी विश्वनाथलाई सम्पत्ति दिई नेपालमा व्यापार गर्न पठाए होलान् भनी व्यवहारतः मान्न सकिने स्थिति नभएको र प्रतिवादी विश्वनाथको नाममा रहेको जग्गा निजले नेपालको अंगिकृत नागरिकता लिए पश्चात खरिद गरेको देखि…
§ निवेदिकाको दाता केशवप्रसाद श्रेष्ठले निवेदिकालाई मिति २०५७।९।१३ को राजिनामाको लिखत गरी दिदा सो लिखतसाथ पेश भएको सोही मितिको गुठी रैतान नम्वरी जग्गाको मालपोत तिरेको रसिद नं. ०९०९३७ मा विवादको कि.नं. ९१ को जग्गा पनि उल्लेख भएको देखिदा रसिदवाट विवादको कि.नं. ९१…
§ कानून बमोजिम बोहक कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताको अपहरण हुने छैन भन्ने नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(१) ले स्वतन्त्रताको मौलिक हक सवै नागरिकलाई प्रदान गरेको देखिन्छ । धारा १२(१) मा “कानून बमोजिम बाहेक” भन्ने वाक्याँस प्रयोग भएको छ । कान…
§ प्रहरी नायव महानिरीक्षकले स्वयं आफ्नै दस्तखतबाट मिति २०५६।१०।१४ र मिति २०५६।१०।२० मा दुई पटक स्पष्टीकरण सोधिएको र सो स्पष्टीकरणको जवाफ निजले क्रमशः मिति २०५६।१०।१५ र मिति २०५६।१०।२० मा नै दिएकोमा सो स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको भनि गरेको कारवाही निर्णय…
§ दानबकसको ३ नं. मा कसैले केही व्यहोरासँग आफ्नो हक छाडी अरुको हक लाग्ने गरी एकैघरमा आधा वा केही खण्ड सो घर वा घरले चर्चेको जमीन दानबकस गरी दिई पाएको रहेछ र पाउनेले आफूले पाएको वा दिनेले आफूले दिएदेखि बाँकी अर्कोलाई दिए भने अघि दिने वा अघिबाट दिनेको सोही ठाउँमा…
§ प्रतिवादीले अदालतमा वयान गर्दा एउटा हात मुखदेखि तल चिउडोमा र अर्को हात टाउकोको पछाडि पट्टिको भागमा पकडी दायाँ वायाँ दुवैतिर वटारेको भनी उल्लेख गराएको देखिन्छ । त्यसरी घाँटी जस्तो संवेदनशील अङ्गलाई टाउको र चिउडोमा समाई दायाँ वाँया वटारेको अवस्थामा मानिस मर्न…
§ नेपाल चार्टर्ड एकाउन्टेन्टस् नियम, २०५६ को परिच्छेद ८ मा निर्वाचन सम्बन्धी व्यवस्था रहेको र नियम १०२ मा निर्वाचन सम्बन्धी अन्य कुरा परिषद्ले निर्धारण गरे बमोजिम हुने व्यवस्था रहेको र २०५९।११।१३ गते बसेको परिषद्को ५३ औं बैठकमा तेश्रो परिषद्को निर्वाचन बारे व्…
§ पुनरावेदन अदालत वुटवलको आदेशानुसार मिति २०५१।१२।१० मा भएको नाप नक्सा मुचुल्कावाट न.नं ३ तिनाउखोला न.नं. ४ विभिन्न व्यक्तिको दर्ता आवादी जग्गा, न.नं. ५ खोलाको बगर, न.नं. ६ मा साविक खोला हाल खोला पश्चिम तर्फ सरी खोलाले छाडेको आली मेड केहि नभएको पति वगर जसमा न.…
§ प्रस्तुत मुद्दामा संयुक्त इजलासबाट भएको निर्णयमा पूर्व नजिर वा कानूनी व्याख्यासँग बाझिएको भन्ने आदेशका सम्बन्धमा बिचार गर्दा माथि उल्लेख भए बमोजिम प्रधान न्यायाधीशले आदेश गर्न सक्ने अवस्थामा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३ को उपनियम (१)(ख) मा प्रयुक्…
§ नेपाल अधिराज्यमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ धन र स्वतन्त्रताको संरक्षण गर्न सशस्त्र प्रहरी बलको गठन र संचालन सम्बन्धी व्यवस्था गर्न सशस्त्र प्रहरी ऐन, २०५८ बनेको उक्त ऐनको प्रस्तावनाबाट देखिने । § शान्ति र शुव्यवस्था कायम गर्ने उद्देश्यले गठन भए…
§ जाहेरवाली सरोजनी कहारले जाहेरी दर्खास्तमा तथा आफ्नो बकपत्रमा समेत मृतक नक्छेदले आफूलाई प्रतिवादीहरु ध्रुवराज शाही, जगत बहादुर तथा महेश भन्ने रमेश कुमारले कुटपीट गरेको भनेको भन्ने व्यहोरा उल्लेख गरेकोमा गफ्फार खाँ तथा राधेश्याम शर्माले नक्छेदले आफूहरुलाई ध्रु…
§ कार्यवाहीको अवस्थामा रहेको मुद्दा संयुक्त इजलासले नियम ५(१)(घ) अन्तर्गतको क्षेत्राधिकार भित्र रही निर्णय गर्नु पर्दा न्याय प्रशासन ऐन, २०४८ को दफा १३ को व्यवस्था अन्तर्गत जुन आधारमा दोहर्याई हेर्ने आदेश गरेको हो सोही आधार र सम्बद्ध विषयमा सीमित रही मुद्दा क…
§ प्रहरीले गाडी सर्च गरेपछि मात्र लागू औषध चरेस रहेको थाहा पाउने पुनरावेदक प्रतिवादीहरु एउटै गाडीमा संगै गएको कारणले मात्र कसूरदार मान्नु न्यायसँगत नदेखिने । § प्रतिवादीहरुलाई आफू सवार रहेको कारमा लागू औषध रहेको भन्ने कुराको पूर्व जानकारी रहेको भन्ने कुराको प्…
§ विवादित सम्पति पैतृक सम्पति नभएकाले तायदाती फांटवारीमा पेश नगरिएको भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर देखिएतापनि दावीको सम्पति निजी आर्जनको हो भन्ने कुनै प्रमाण प्रतिवादीले पेश दाखेल गर्न सकेको नदेखिएको अवस्थामा प्रमाण ऐनको दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभ…
§ तहकिकात अनुसन्धानको सिलसिलामा भए गरेका काम कारवाहीलाई अदालतमा आई समर्थन गरेको अबस्थामा सो कुरालाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बकपत्रलाई प्रमाण लिन मिल्ने व्यवस्था गरेको देखिने प्रहरी समक्ष गरेको प्रतिवादीको साविती बयानलाई पीडित समेतको बयान बकपत्रबाट समर…
§ निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को हालसम्म भएको संशोधन समेतले जेष्ठता र निवृत्तिभरण प्रयोजनको लागि छुट्टाछुट्टै नोकरी जोड्ने प्रावधान राखी रहेको र साधारण तर्फ अस्थाई सेवा अवधि निवृत्तभरण प्रयोजनको लागी गणना गरीने व्यवस्था गरेको नदेखिएकोले…
§ जिल्ला अदालतवाट घर जग्गा रोक्का राख्ने गरी मिति २०५८।३।७ मा आदेश भएको नभई मिति २०५८।१।२८ मा भएको देखिन्छ । घर जग्गा रोक्का गर्ने गरी भएको जिल्ला अदालतको आदेश वदर गर्ने भनेपछि ललितपुर जिल्ला अदालतवाट मिति २०५८।१।२८ मा घर जग्गा रोक्का राख्ने गरी आदेश भएकोले पु…
§ मोहीले भूमिसुधार कार्यालयमा गै आफुले जग्गा कमाउन नसक्ने व्यहोराको लिखित सूचना दिनुपर्नेमा त्यस्तो सूचना भूमिसुधार कार्यालयलाई दिएको भन्ने वादीको कथन नभई अधिकार नभएको निकाय गा.प. कार्यालयमा दिएको निवेदनवाट ऐनको कार्यविधिको पालन भएको मान्न नमिल्ने । § कसैलाई क…
§ वारदात पश्चातनै यी प्रतिवादीको विर्य जस्तो भिजेको एवं रगतको दागहरु भएको कट्टु समेत वरामद भै उक्त वरामदी मुचुल्कामा यी प्रतिवादी स्वयं रोहवरमा वसेको अवस्था समेत देखिंदा यी प्रतिवादी विन्देश्वरी साहले पीडित १० महिनाकी वच्चीलाई जवर्जस्ती करणी गरेको होइन भन्ने अ…
§ आफ्नो नाउँको मोही हक छोडपत्र गरी दिन कानूनले अधिकार दिएको नपाइदा जग्गाधनीको जस्तो अधिकार प्रयोग गरी मोही छोडपत्र गर्दैमा चोल कुमारीको मोही हक स्थापित हुन नसक्ने । § जग्गाधनी र मोही वीच कुतको कवुलियत सम्वन्धमा दोहोरो कवुलियत गरिलिई दिई सम्वन्धित तोकिएको निकाय…
§ आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजायँ) ऐन, २०५८ को दफा ९ बमोजिम आतंककारी तथा विध्वंसात्मक कार्य हुन सक्ने कुनै काम कुरा गर्नवाट कुनै व्यक्तिलाई रोक्नु पर्ने विश्वास गर्न सकिने मनासिव आधार भएमा मात्र नजरवन्दमा राख्ने आदेश गर्न सकिने र त्यस्तो व…