नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7329 · वि.सं. २०६१
नि.नं. 7329 — कर्तव्य ज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीले अदालतमा वयान गर्दा एउटा हात मुखदेखि तल चिउडोमा र अर्को हात टाउकोको पछाडि पट्टिको भागमा पकडी दायाँ वायाँ दुवैतिर वटारेको भनी उल्लेख गराएको देखिन्छ । त्यसरी घाँटी जस्तो संवेदनशील अङ्गलाई टाउको र चिउडोमा समाई दायाँ वाँया वटारेको अवस्थामा मानिस मर्न सक्ने नदेखिने भन्न सकिने अवस्था नहुँदा चिउडो र टाउको समाई दायाँवाँया वटारेको कारण मानीस मर्न गएकोलाई भवितव्य पर्न गएको भन्न नमिल्ने । § वारदातको ऐन मौकामा देख्ने कोही नभएको उक्त घटना करणी गर्न नदिएको एवं आफ्नो लिङ्ग र अण्डकोष अठ्याई दिएको रिसले टाउको वटारी दिएको भन्ने प्रतिवादीको भनाइ रहेको र निजले आफ्नो उक्त व्यहोरा वारदात पछि दाङ्ग सोडियारका मानवहादुर खत्री समेत सँग तत्काल मौकामा व्यक्त गरेको मिसिलवाट देखिदा मृतकलाई मार्न पूर्वतयारी नगरेको अवस्थाका अतिरिक्त मनसायको अभाव भएकै आधारमा पुनरावेदन अदालतवाट वादी दावी भन्दा घटी सजायँ गर्ने गरेको फैसला उपर वादी तर्फवाट पुनरावेदन परेको नदेखिएको हुँदा समेत प्रतिवादीको मृतकलाई मार्ने मनसाय नरहेको तथ्य स्थापित भैसकेको देखिने । § लुकी चोरीकन हानेको अवस्था समेत नभै करणी गर्न नपाएको एवं मृतकले लिङ्ग र अण्डकोष अठ्याई दिएको कारण रिस उठी तत्काल घाँटी वटारी दिएको अवस्था देखिदा प्रतिवादी दलवहादुर खत्रीले वसन्ती खत्रीलाई ज्यान सम्वन्धी महलको १४ नं. का रीतसँग मारेको देखिने । (प्र.नं. १९ र २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7329 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान । |
| निर्णय वर्ष / मिति | 2060/07/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7329 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
