नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7320 · वि.सं. २०६१

नि.नं. 7320 — जिउ मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तहकिकात अनुसन्धानको सिलसिलामा भए गरेका काम कारवाहीलाई अदालतमा आई समर्थन गरेको अबस्थामा सो कुरालाई प्रमाण ऐन, २०३१ को दफा १८ बमोजिम बकपत्रलाई प्रमाण लिन मिल्ने व्यवस्था गरेको देखिने प्रहरी समक्ष गरेको प्रतिवादीको साविती बयानलाई पीडित समेतको बयान बकपत्रबाट समर्थित भई रहेको देखिनुका साथै अदालत समक्षको प्रतिवादीको बयान समेतबाट निजैले फकाई पीडितहरुलाई बम्बै पुर्‍याएको भन्ने देखिन आई पीडितलाई प्रतिवादीले ललाई फकाई भारतको बम्बैमा पुर्‍याई बिक्री गरेको पुष्टि भइरहेको अबस्थामा जानी–जानी पीडित केटीहरुलाई बिक्री गर्न भनी फकाई भारत लगेको होइन भन्ने समेत कुराको पुनरावेदन जिकिरले कानूनले निषेध गरिएको आपराधिक कार्य गर्ने प्रतिवादीले आफूले गरेको अपराधबाट उन्मुक्ति पाउने भनी भन्न नसकिने । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7320
मुद्दाको विषयजिउ मास्ने बेच्ने
निर्णय वर्ष / मिति2060/12/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री मिनवहादुर रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7320
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्