नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7315 · वि.सं. २०६१

नि.नं. 7315 — मोही कायम गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नो नाउँको मोही हक छोडपत्र गरी दिन कानूनले अधिकार दिएको नपाइदा जग्गाधनीको जस्तो अधिकार प्रयोग गरी मोही छोडपत्र गर्दैमा चोल कुमारीको मोही हक स्थापित हुन नसक्ने । § जग्गाधनी र मोही वीच कुतको कवुलियत सम्वन्धमा दोहोरो कवुलियत गरिलिई दिई सम्वन्धित तोकिएको निकायमा दाखेल गर्नुपर्नेमा सो भए गरेको नदेखिएको स्थितिमा भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिमको कुतवाली वुझाएको भरपाइ नभएको र पारीत हुन नसकेको २०२४।५।१८ को छोडपत्रको लिखत र कार्यविधि पुरा नगरिएको जग्गाधनीले २०२४।५।१९ मा गरिदिएको भनिएको कवुलियतको आधारमा विवादित जग्गाको मोही वादी कायम हुन सक्ने र मोहियानी हकको प्रमाण पत्र पाउँछ भन्न नमिल्ने । (प्र.नं. १६ र १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7315
मुद्दाको विषयमोही कायम गरी पाउँ
निर्णय वर्ष / मिति2060/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7315
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्