नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7327 · वि.सं. २०६१

नि.नं. 7327 — दर्ता वदर गरी पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदन अदालत वुटवलको आदेशानुसार मिति २०५१।१२।१० मा भएको नाप नक्सा मुचुल्कावाट न.नं ३ तिनाउखोला न.नं. ४ विभिन्न व्यक्तिको दर्ता आवादी जग्गा, न.नं. ५ खोलाको बगर, न.नं. ६ मा साविक खोला हाल खोला पश्चिम तर्फ सरी खोलाले छाडेको आली मेड केहि नभएको पति वगर जसमा न.नं. ७ र ८ को समाधि (चिहान) भएको विवादित जग्गा भन्ने उल्लेख भएको पाइन्छ । सो नक्सा मुचुल्कामा उल्लेखित उक्त व्यहोरावाट प्रतिवादीहरुका नाउँमा दर्ता भएका जग्गाहरु तिनाउ खोलाको किनारमा अवस्थित रहेको र सो जग्गामा आली मेड केहि नभएको पर्ति बगर भन्ने देखिंदा प्रतिवादीहरुले २०२७ साल देखि जोत कमोद गरी भोगी आइ रहेको भन्ने निजहरुको बयान व्यहोरा सत्यतामा आधारित रहेको नदेखिने । § विवादित जग्गा भित्र अर्थात न.नं. ७ र ८ मा समाधि (चिहान) समेत रहे भएको भन्ने देखिंदा सो जग्गामा कसैको सन्धिसर्पन र मसानघाट समेत पर्दैन भन्ने निजहरुको भनाइ तथ्यगत रहेको नपार्इँदा प्रतिवादीहरुले लिएको जिकिर ग्रहणयोग्य नदेखिने । (प्र.नं. ३२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7327
मुद्दाको विषयदर्ता वदर गरी पाउँ ।
निर्णय वर्ष / मिति2060/09/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7327
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्