नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7337 · वि.सं. २०६१
नि.नं. 7337 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ छुटै अस्तित्व भएकी विवाहिता छोरीले प्रयोग गरेको टेलिफोनको महसुल नतिरेकोमा मेरो टेलिफोन सेवा अवरुद्ध गर्न नमिल्ने भन्ने निवेदन जिकिरका सम्वन्धमा विचार गर्दा टेलिफोन नं. २०१६२ निवेदकको छोरीको नाउँमा रहेको भएतापनि मिति २०४५।३।२० मा निवेदक स्वयंले उक्त टेलिफोन जडान गरेको, पटक पटक ठाउँसारी निवेदन तथा आइ.एस.डी सेवा माग गर्दा समेत निवेदककै हस्ताक्षरवाट कारवाही भै निवेदकले नै प्रयोग गरि आएकोले उक्त टेलिफोनको महसुल उपर गर्नका निमित्त निवेदकको नाउँको २००८५ नं. को टेलिफोन सेवा अवरुद्ध गराइएको भन्ने नेपाल दूरसंचार संस्थानको लिखित जवाफलाई निवेदकले आफ्नो पुनरावेदनमा अन्यथा भनी खण्डन गर्न सकेको नदेखिँदा निवेदकले छोरीको नाउँवाट टेलिफोन जडान गरी कानून वमोजिम लाग्ने महसुल नतिरेको भन्ने देखिन आई निवेदकले आफूले प्रयोग गरेको टेलिफोनको नियमानुसार लाग्ने महसुल तिर्ने वुझाउने दायित्व पूरा नगरी सो दायित्ववाट उम्कनका लागि प्रस्तुत निवेदन दायर गरेको देखिँदा निवेदक सफा हात लिई अदालतमा प्रवेश गरेको अवस्था नदेखिँदा निवेदन खारेज हुने ठहराएको पुनरावेदन अदालतको फैसला मनासिव देखिँदा सदर हुने । (प्र.नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7337 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2061/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादूर रायमाझी | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7337 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
