नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7335 · वि.सं. २०६१

नि.नं. 7335 — उत्प्रेषण परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शाही नेपाल वायुसेवा निगमको पदपूर्ति समितिले बढुवाको लागि तयार पारेको सम्भाव्य उम्मेदवारको वैयक्तिक विवरण फारामहरुबाट रिट निवेदकले अरु बढुवामा सिफारिश हुने उम्मेदवारहरुले पाएसरह आ.वं.०५२।०५३ देखि आ.व. ०५५।०५६ सम्ममा पुरै “क” वर्गको का.स.मू.प्राप्त गर्नु भएको शाही नेपाल वायुसेवा निगमबाट प्रकाशित जेष्ठताको सूचीमा निजको नाम बढुवा गरी पूर्ति गरिने पद संख्या ३९ भन्दा धेरै तल प्रकाशित भएबाट पनि निज भन्दा पहिलो जेष्ठता सूचीको क्रममा रहे भएका उम्मेदवाहरु बढुवा भएबाट निज बढुवा हुन नसकेका हुन् भनी विपक्षी पदपूर्ति समितिबाट प्राप्त भएको लिखित जवाफबाट देखिएको हुँदा पदपूर्ति समितिले सम्भाव्य उम्मेदवारहरुले नियमानुसार प्राप्त गरेको अंक जोडी बढी अंक प्राप्त गर्ने उम्मेदवारलाई पहिले बढुवा गर्ने नीति अनुरुप बढुवा गरिएको बढुवा समितिको निर्णय नमिलेको भन्न सकिने अबस्था नरहने । § नियमित रुपमा कार्य सम्पादन मूल्याङ्कन फाराम नभरिकन एकै पटक विभिन्न आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम भरिएको गैरकानूनी भयो भन्ने रिट निवेदकको भनाइ सम्बन्धमा विचार गर्दा वार्षिक नियमित रुपमा कार्य सम्पादन मूल्याङ्कन फराम भर्नु राम्रो तर एकै पटकमा सबैको विभिन्न आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम भरिएकोलाई स्वतः गैरकानूनी भन्न न्यायोचित हुँदैन भनी यस अदालतको संयुक्त इजलासबाट मिति २०५७।१।२७ मा निर्णय भैसकेबाट पनि रिट निवेदकको भनाईसँग सहमत हुन नसकिने । § कानूनमा नै पदपूर्ति समितिको अध्यक्षमा संस्था प्रमुख हुने र सोको उजूरी सुन्नेमा पनि सोही प्रमुख समेतको सञ्चालक समिति हुने व्यवस्था भएकोले निवेदकको भनाई अनुसार कानूनले अधिकार दिई गरेको कार्यलाई प्राकृतिक न्याय सिद्धान्त विपरीत भयो भन्न नमिल्ने । (प्र.नं. ११ र १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7335
मुद्दाको विषयउत्प्रेषण परमादेशसमेत
निर्णय वर्ष / मिति2060/12/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7335
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्