नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7318 · वि.सं. २०६१

नि.नं. 7318 — उत्प्रेषण समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जिल्ला अदालतवाट घर जग्गा रोक्का राख्ने गरी मिति २०५८।३।७ मा आदेश भएको नभई मिति २०५८।१।२८ मा भएको देखिन्छ । घर जग्गा रोक्का गर्ने गरी भएको जिल्ला अदालतको आदेश वदर गर्ने भनेपछि ललितपुर जिल्ला अदालतवाट मिति २०५८।१।२८ मा घर जग्गा रोक्का राख्ने गरी आदेश भएकोले पुनरावेदन अदालतको मिति २०५८।४।३२ को आदेशमा जिल्ला अदालतको मिति २०५८।१।२८ को आदेश समावेश हुने गरी मिति २०५८।५।२० मा भएको आदेश पूर्व मिति २०५८।४।३२ को आदेशको भावना विपरीत हुनु गएको मान्न नमिल्ने । § विवादित घर जग्गा अंश मुद्दाको तायदाती फाटवारीमा पेश भए पनि सो सम्पत्ति वण्डा हुने नहुने भन्ने सम्वन्धमा चलिरहेको अंश मुद्दावाटै निरोपण हुने हुँदा अदालतमा चलिरहेको मुद्दालाई असर पर्ने गरी सो सम्पत्तिमा यी रिट निवेदकहरुको अंश हक रहे नरहेको सम्वन्धमा रिट क्षेत्रवाट विचार गरी वोल्न नमिल्ने । § विपक्षी रिट निवेदकहरु अंशियार नभएको भन्ने कुरा रिट निवेदकहरु स्वयंले आफ्नो रिट निवेदनमा स्वीकार गरेको अवस्थामा अंश मुद्दामा अंशियार नै नभएको व्यक्तिको नामको सम्पत्ति रोक्का राखेको जिल्ला अदालतको आदेशलाई वदर गरेको पुनरावेदन अदालत पाटनको आदेशले निवेदकहरुको कुन कानूनले प्रदान गरेको के कस्तो हक हनन भएको भन्ने कुरा रिट निवेदकहरुले देखाउन सकेको नपाइदा रिट निवेदन माग वमोजिमको आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7318
मुद्दाको विषयउत्प्रेषण समेत
निर्णय वर्ष / मिति2060/10/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7318
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्