नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7330 · वि.सं. २०६१
नि.नं. 7330 — निखनाई पाउ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दानबकसको ३ नं. मा कसैले केही व्यहोरासँग आफ्नो हक छाडी अरुको हक लाग्ने गरी एकैघरमा आधा वा केही खण्ड सो घर वा घरले चर्चेको जमीन दानबकस गरी दिई पाएको रहेछ र पाउनेले आफूले पाएको वा दिनेले आफूले दिएदेखि बाँकी अर्कोलाई दिए भने अघि दिने वा अघिबाट दिनेको सोही ठाउँमा बस्ने हकवालाले र दिनेले बाँकी अर्कालाई दानबकस गरी दिए भने पाउने वा सोही ठाउँमा बस्ने उसका हकवालाले लिन पाउने व्यवस्था गरेको पाइने । § प्रस्तुत मुद्दामा हालै देखिको बकसपत्रबाट गरी दिएको विवादको जग्गा दाताले बकस गरी पाएको नभई अंश वापत पाएको हुँदा दानबकसको ३ नं. आकर्षित हुने अवस्था नदेखिदा दानबकसको ३ नं. को आधारमा विवादित घरजग्गा निखनी पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहर गरेको शुरु काठमाडौं जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको देखिदा सदर हुने । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7330 |
|---|---|
| मुद्दाको विषय | निखनाई पाउ |
| निर्णय वर्ष / मिति | 2060/03/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री राम नगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7330 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
