नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7316 · वि.सं. २०६१
नि.नं. 7316 — जर्वजस्ती करणी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वारदात पश्चातनै यी प्रतिवादीको विर्य जस्तो भिजेको एवं रगतको दागहरु भएको कट्टु समेत वरामद भै उक्त वरामदी मुचुल्कामा यी प्रतिवादी स्वयं रोहवरमा वसेको अवस्था समेत देखिंदा यी प्रतिवादी विन्देश्वरी साहले पीडित १० महिनाकी वच्चीलाई जवर्जस्ती करणी गरेको होइन भन्ने अवस्था नदेखिने । § जवर्जस्ती करणीको महलको १० नं. बमोजिमको वादी दावीका सन्दर्भमा शुरुले प्रतिवादी नेपाली नागरिक नदेखिएको आधारमा उक्त दावी नपुग्ने गरी फैसला गरेकोमा पुनरावेदन अदालतवाट सो हदसम्म उल्टी गरी वादी दावी अनुसार प्रतिवादीको आधा अंश पीडितलाई भराई दिनु पर्ने ठहर्याएकोमा सो तर्फ प्रतिवादीले पुनरावेदन पत्रमा कुनै जिकिर पनि नलिएको र यि प्रतिवादीको नेपाल अधिराज्य भित्र रहेको चल अचल सम्पत्तिवाट भराउन मिल्ने नै हुँदा त्यसतर्फ केही विचार गर्न नपर्ने । (प्र.नं. २३ र २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7316 |
|---|---|
| मुद्दाको विषय | जर्वजस्ती करणी । |
| निर्णय वर्ष / मिति | 2060/12/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7316 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
