नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7333 · वि.सं. २०६१
नि.नं. 7333 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदिकाको दाता केशवप्रसाद श्रेष्ठले निवेदिकालाई मिति २०५७।९।१३ को राजिनामाको लिखत गरी दिदा सो लिखतसाथ पेश भएको सोही मितिको गुठी रैतान नम्वरी जग्गाको मालपोत तिरेको रसिद नं. ०९०९३७ मा विवादको कि.नं. ९१ को जग्गा पनि उल्लेख भएको देखिदा रसिदवाट विवादको कि.नं. ९१ को जग्गा गुठी रैतान नम्वरीको जग्गा भन्ने देखिन आउने । § रिट निवेदिकाले विवादको जग्गा राजिनामा गरी लिदाको अवस्थामा सो जग्गा गुठी रैतान नम्वरीको जग्गा भन्ने देखिई सकेपछि सो जग्गा गुठी रैतान नम्वरीमा परिणत गरेको निर्णय नदेखिएको भन्ने आधारमा सो जग्गाको जग्गाधनी महलमा अमरनारायण गुठी कायम गर्न मिल्ने नदेखिने । § दावीमा उल्लेखित कि.नं. ९१ को जग्गा गुठी संस्थान ऐन, २०३३ को दफा २ (ज) अनुसारको गुठी रैतान नम्वरी जग्गा देखिंदा सो जग्गाको हक छोडाई लिने रिट निवेदिकाको नाममा दाखेल खारेज नामसारी गरी निजको नाममा जग्गाधनी प्रमाणपूर्जा दिनु भनी विपक्षी मालपोत कार्यालय पाल्पाको नाममा परमादेशको आदेश समेत जारी हुने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7333 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2061/01/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7333 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
