नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7319 · वि.सं. २०६१

नि.नं. 7319 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० को हालसम्म भएको संशोधन समेतले जेष्ठता र निवृत्तिभरण प्रयोजनको लागि छुट्टाछुट्टै नोकरी जोड्ने प्रावधान राखी रहेको र साधारण तर्फ अस्थाई सेवा अवधि निवृत्तभरण प्रयोजनको लागी गणना गरीने व्यवस्था गरेको नदेखिएकोले निजामती कितावखानाले जेष्टता प्रयोजनको लागी जोडी सकेको भन्ने आधारमा निवृत्तभरण प्रयोजनको लागी जोड्न नमिल्ने भनि गरेको निर्णय कानूनसम्मत नै देखिने। § स्थाई सेवामा जोडीएको सेवा अवधि गणना गर्ने सम्वन्धमा छुट्टाछुट्टै व्यवस्था गरी निजामती सेवा नियमावली, २०५० को नियम १२३(१)(क) ले जेष्ठता प्रयोजनको लागी गणना हुने व्यवस्था गरी सो कुरा खण्ड(ख) मा समावेश नगरेको अवस्थामा निवेदकको अस्थाई नोकरी अवधि निवृत्तभरण प्रयोजनको निमित्त पनि गणना हुने भनि सम्झन मिल्ने नदेखिने । § निवेदकको नोकरी जोडीदाकै अवस्थामा जेष्टता प्रयोजनको लागि गणना हुने गरी निर्णय भएको र त्यस उपर तत्काल कुनै कारवाही नचलाई चुपलागी वसेको अवस्थामा एकपटक जेष्टता प्रयोजनको लागि गणना गरी सकिएको नोकरी अवधि निवृत्तभरण प्रयोजनको लागी जोडन नमिल्ने भनि निजामती कितावखानाले गरेको निर्णय र सो को आधारमा भएका अन्य काम कारवाही समेत संविधान एवं कानून विपरीत भन्न नमिल्ने हुँदा निवेदकको माग वमोजिमको आदेश जारी हुन नसक्ने । (प्र.नं. १० देखि १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7319
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2060/11/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7319
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्