नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7334 · वि.सं. २०६१
नि.नं. 7334 — अंश दर्ता चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भारतमा वस्ने व्यक्तिहरुले सौतेनी मामला भएको स्थितिमा प्रतिवादी विश्वनाथलाई सम्पत्ति दिई नेपालमा व्यापार गर्न पठाए होलान् भनी व्यवहारतः मान्न सकिने स्थिति नभएको र प्रतिवादी विश्वनाथको नाममा रहेको जग्गा निजले नेपालको अंगिकृत नागरिकता लिए पश्चात खरिद गरेको देखिएवाट भारतमा वस्ने व्यक्तिहरुले नेपालको अंगिकृत नागरिकता लिएको व्यक्तिको नाममा जग्गा खरिद गर्न सगोलको सम्पत्तिवाट रकम पठाए होलान् भनी अनुमान गर्न नसकिने । § नेपालमा प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्ति निजको स्वआर्जनको भन्ने देखिन आएकोले त्यस्तो स्वआर्जनको सम्पत्तिमा अंशवण्डाको १८ नं. को व्यवस्था वमोजिम यी वादीहरुको अंश हक लाग्न नसक्ने भएवाट प्रतिवादी विश्वनाथ नायकको नाममा रहेको सम्पत्तिवाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्र.नं. १३ र १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7334 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता चलन । |
| निर्णय वर्ष / मिति | 2060/12/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7334 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
