नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7328 · वि.सं. २०६१
नि.नं. 7328 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपाल चार्टर्ड एकाउन्टेन्टस् नियम, २०५६ को परिच्छेद ८ मा निर्वाचन सम्बन्धी व्यवस्था रहेको र नियम १०२ मा निर्वाचन सम्बन्धी अन्य कुरा परिषद्ले निर्धारण गरे बमोजिम हुने व्यवस्था रहेको र २०५९।११।१३ गते बसेको परिषद्को ५३ औं बैठकमा तेश्रो परिषद्को निर्वाचन बारे व्यवस्था गर्ने शीर्षक अन्तर्गत निर्वाचनमा काठमाडौं मतदान केन्द्र राखी अन्य ठाउँका मतदाताहरुलाई हुलाकबाट मतपत्र पठाउन लगाउन उचित देखिएको भन्दै निर्वाचन सम्बन्धमा मतदान गर्ने गराउने र निर्वाचन सम्बन्धी अन्य कार्य कार्यकारणी समितिले गर्ने अधिकार प्रदान गरिएको देखिएकोले निवेदकले हुलाकबाट भएको मतदान असंवैधानिक भएको भनी लिएको जिकिर मनासिब नदेखिने । § संवन्धित कानूनले प्रदान गरेको अधिकार अन्तर्गत भएको कार्यलाई अवैधानिक भन्न नमिल्ने हुदा त्यस्तो कार्यवाट निवेदकको मौलिकहक वा कानूनी हकमा प्रतिकूल असर परेको नदेखिएको र आफ्नो अधिकारक्षेत्र अन्तर्गतको कार्य नै भएको गरेको देखिएको हुँदा निवेदकको माग वमोजिम आदेश जारी गर्नुपर्ने अवस्था विद्यमान नदेखिने । § मतदान निर्देशिका दुईथरी पहेंलो र हरियो रंगको प्रयोग भएको र दुवै निर्देशिकामा रहेको दफाहरु घटी वढी रहेको साथै आवश्यक कागजात अनियमित तरिकाले पठाई मतदाताको मत बदर भएको भन्ने सम्वन्धमा रिट क्षेत्रवाट अनुसन्धान गरी तथ्य पत्ता लगाई निर्णय गर्न नमिल्ने भएको हुँदा सो सम्वन्धमा विचार गरिरहन नमिल्ने हुँदा रिट निवेदन खारेज हुने । (प्र.नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7328 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2060/10/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री रामनगिना सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7328 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
