नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7321 · वि.सं. २०६१
नि.नं. 7321 — अंश दपोट
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित सम्पति पैतृक सम्पति नभएकाले तायदाती फांटवारीमा पेश नगरिएको भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर देखिएतापनि दावीको सम्पति निजी आर्जनको हो भन्ने कुनै प्रमाण प्रतिवादीले पेश दाखेल गर्न सकेको नदेखिएको अवस्थामा प्रमाण ऐनको दफा ६(क) अनुसार अन्यथा प्रमाणित नभएसम्म एकाघर संगका अंशियारहरु मध्ये जुनसुकै अंशियारको नाउँमा रहेको सम्पति सगोलको सम्पति हो भनी अनुमान गर्नुपर्ने हुँदा निजी आर्जन भन्ने कुराको प्रमाणको अभावमा विवादित सम्पति प्रतिवादीको निजी आर्जनको रहेछ भनि मान्न मिल्ने नदेखिने । § प्रतिवादीको छूट जग्गा दर्ता गरी पाउँ भन्ने निवेदन मालपोत कार्यालय नवलपरासीमा २०४५।६।१६ मा परेको मिसिल संलग्न निवेदनको प्रतिलिपिवाट देखिन आएको र सो निवेदनवाट उक्त अंश नाउँसारी मुद्दाको फिराद गर्नु अगाडि देखि नै विवादित कित्ताका जग्गा प्रत्यर्थी प्रतिवादीको भोग नियन्त्रणमा रहेको तथ्य स्थापित हुन आएको स्थितिमा आफ्नो भोग नियन्त्रणमा रहेको दर्ताको कारवाई समेत उठी सकेको सगोलको वण्डा हुनु पर्ने जग्गा तायदाती नदिएको अवस्था भएको र पछि दर्ता भै सकेपछि उक्त जग्गा बिक्री गरेको तथ्यवाट प्रतिवादीको दपोट गर्ने उद्देश्य नरहेको भनी मान्न सकिने अवस्था नरहेवाट प्रतिवादीले दावीका कित्ता जग्गा दपोट गरेको ठहर्ने । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7321 |
|---|---|
| मुद्दाको विषय | अंश दपोट |
| निर्णय वर्ष / मिति | 2060/10/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री सुशिला सिंह शिलु |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7321 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
