नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7331 · वि.सं. २०६१

नि.नं. 7331 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रहरी नायव महानिरीक्षकले स्वयं आफ्नै दस्तखतबाट मिति २०५६।१०।१४ र मिति २०५६।१०।२० मा दुई पटक स्पष्टीकरण सोधिएको र सो स्पष्टीकरणको जवाफ निजले क्रमशः मिति २०५६।१०।१५ र मिति २०५६।१०।२० मा नै दिएकोमा सो स्पष्टीकरणको जवाफ सन्तोषजनक नभएको भनि गरेको कारवाही निर्णय कानून बमोजिम अधिकार प्राप्त अधिकारीबाट भएको देखिने । § अड्डा प्रमुखले प्रारम्भिक रुपमा कारवाही उठान गरी आवश्यक तथ्य संकलन गरी फाइल पठाएकोसम्म कुरालाई अधिकार क्षेत्रात्मक त्रुटी गरेको भन्न नमिल्ने । § मातहत कार्यालयबाट आएको फाइलको आधारमा कानून बमोजिम कारवाही गरेकोलाई गैरकानूनी भन्न नमिल्ने हुँदा रिट निवेदकले अधिकारविहिन व्यक्तिले कारवाही गरेको भनि लिएको जिकिर मनासिब नदेखिने । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7331
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2060/07/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7331
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्