नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7338 · वि.सं. २०६१
नि.नं. 7338 — जोत नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोहीको शेषपछि निजको हक खाने एकमात्र हकवालामा सर्ने हुँदा त्यस्तो अवस्थामा पनि भूमि सम्वन्धी ऐन, २०२१ को दफा २६(१) अनुसार मोही रोज्नु पर्ने व्यवस्था आकर्षित हुने र जग्गावालाले मोहीको एकमात्र हकवालालाई मोही स्वीकार नगरेमा वा मोहियानी नामसारी नभएमा मोहियानी हक स्वतः समाप्त हुन्छ भन्ने अर्थ गर्नु न्यायसंगत नहुने । § पुनरावेदक वादीले विवादित जग्गा जोतभोग गरी आएको भन्ने कुरा बराबर वाली बुझाई आएको, कुनै वर्षहरुको वाली धरौट राखेको र जोत कमोद वादीले नैं गरेको भन्ने सर्जमिन मुचुल्का समेतबाट देखिन आएको अवस्थामा २०५८।५।१४ मा फैसला भएको दे.पु.ई.नं. ८५ को मुद्दामा गरिएको व्याख्याको निष्कर्ष समेतबाट मोहीको मृत्युपछि मोही हक निजको एकमात्र हकवाला भएमा स्वतः निजमा सर्ने नामसारी नगराएकै कारणले मोही हक समाप्त हुन नसक्ने हुन्छ भन्ने निष्कर्षमा पुग्न सकिने प्रस्तुत मुद्दाको विवादित जग्गाको जोताहा मोही रुद्र कुमारको मृत्युपछि एकमात्र हकवाला छोरा वुरु कुमारका नाउँमा स्वतः मोही हक स्थापित भएको मान्नु पर्ने स्थितिबाट निज वुरु कुमारको नाउँमा नामसारी नगराएकै कारणले निज जीवित रहेकै अवस्थामा मोही हक समाप्त भएको मान्न नमिली वादीका पति वुरु कुमारको हकमा आएको मोही हक निजको मृत्यु पश्चात् पत्नी यी वादीको हकमा स्वतः सर्ने हुँदा निजले नामसारी गराउन नपाउने भन्न नमिल्ने । § प्रक्रियागत कुरा फरक पर्दैमा कानूनले व्यवस्था गरेको हक प्राप्त हुने कुरालाई ईन्कार गर्न पनि नमिल्ने र हक समाप्त पनि हुन नसक्ने । (प्र.नं. १८ र १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7338 |
|---|---|
| मुद्दाको विषय | जोत नामसारी |
| निर्णय वर्ष / मिति | 2061/01/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7338 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
