नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7345 · वि.सं. २०६१

नि.नं. 7345 — निर्णय दर्ता वदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निर्णयको नक्कल सारी पाउँ भनि यी वादी छली लमिनीले मिति २०४६।९।१३मा सो गुठी कार्यालयमा निवेदन दिए तापनि सो मितिमा नक्कल लिएको देखिदैन । वादीले दिएको उक्त निवेदनमा सो कार्यालयवाट नियमानुसार गर्ने भनि तोकादेश सम्म भएको देखिन्छ । अड्डा अदालतमा रहेको कुनैपनि कागज प्रमाणको सरोकारवाला पक्षले निवेदन दिदैमा सोही मितिमा निजले विधिवतरुपमा सो निर्णयको जानकारी भए पाएको मान्न नमिल्ने । § जवसम्म सम्वन्धित पक्षले नक्कल पाउँ भनि दिएको निवेदन मुताविक कार्यालयले कानूनको रीत पुर्‍याई सम्वन्धित पक्षलाई नक्कल दिदैन तव सम्म विधिवतरुपले सो विषयमा जानकारी पाएको भन्न नमिल्ने । § कार्यालयले कुन मितिमा नक्कल उपलव्ध गराएको हो सो खुलाई भन्न नसकेको अवस्थामा पक्षले प्राप्त गरेको नक्कल कागजातमा अंकित मितिलाई नै नक्कल प्राप्त गरी जानकारी पाएको मिति मान्नु पर्ने । § वादीले आफूले मिति २०४७।९।१९ मा नक्कल सारी निर्णयको व्यहोरा थाहा पाएको भनि सो निर्णय उपर जग्गा पजनीको १७ नं. को ६ महिनाको म्याद भित्रै मिति २०४७।११।२७ मा फिराद गरेको देखिन्छ । यस स्थितिमा वादीको फिराद हदम्यादविहीन भनि शुरु र पुनरावेदन अदालतले वादी दावी अ.वं. १८० नं. वमोजिम खारेज हुने ठहराएको निर्णय मिलेको नदेखिने । § वादीले नक्कल लिएको मितिलाई हदम्याद शुरु भएको आधार मानी दर्ता गरेको प्रस्तुत निर्णय दर्ता वदर मुद्दाको फिरादपत्र जग्गा पजनीको १७ नं. को हदम्याद भित्रको देखिंदा हदम्यादविहीन फिराद भनि खारेज गर्ने गरेको शुरुको फैसलालाई सदर गरेको पुनरावेदन अदालत पाटनको मिति २०५४।२।१० को फैसला मिलेको नदेखिंदा वदर हुने । (प्र.नं. २० र २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7345
मुद्दाको विषयनिर्णय दर्ता वदर ।
निर्णय वर्ष / मिति2061/03/21
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7345
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्