नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7343 · वि.सं. २०६१
नि.नं. 7343 — परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटै कानूनी व्यवस्था अनुसार काम कारवाही गर्दा जति पटक वा जुन समयमा भए गरेको भएतापनि समान किसिमबाट गर्नुपर्ने हुन आउँछ । अन्यथा त्यस्तो काम कारवाहीलाई कानून अनूकूलको मान्न मिल्ने नदेखिने । § २०५६ सालको कुतवाली वापतको धरौट सोही सालको फागुन मसान्तमा लिएको र कुतवाली धरौट राख्न फागुन मसान्तसम्म म्याद रहेकोमा ०५७ सालको कुतवाली धरौट राखी पाउँ भनी सोही सालको फागुण १८ मा जांदा म्याद नाघेको भन्ने भूमिसुधार कार्यालयको लिखित जवाफ कानून अनुकूलको देखिन नआउने । § पुनरावेदन अदालत जनकपुरको फैसलाले मोही निस्काशन भइसकेको भन्ने विपक्षी जग्गाधनी तारादेवीको लिखित जवाफ सम्बन्धमा पनि यिनै पक्ष विपक्ष भै चलेको यस अदालतमा विचाराधीन मोही निस्काशन मुद्दाबाट निरोपण हुने नै हुँदा सो मुद्दा विचाराधीन रहेको अवस्थामा मोहीले ल्याएको कुतवाली वापतको रकम धरौट राख्न अस्वीकार गर्न नमिल्ने हुँदा निवेदकले म्याद भित्र ल्याएको कुतवाली वापतको रकम बुझिलिनु भनी विपक्षी कार्यालयको नाउँमा परमादेश जारी हुने । (प्र.नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7343 |
|---|---|
| मुद्दाको विषय | परमादेश । |
| निर्णय वर्ष / मिति | 2061/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7343 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
