नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7353 · वि.सं. २०६१
नि.नं. 7353 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अपवादको रुपमा पर्न आउने अ.वं.६२ नं. र १७५ नं.को स्थिति यी निवेदकलाई परेको भै निजले सो को सुविधा माग गरेको अवस्था नदेखिंदा सो सुविधाको लागि निवेदकलाई पर्खन पर्ने र निजले पाउने नहुंदा सो कुराले निवेदकको हकमा तात्विक भिन्नता ल्याउने र असर पार्ने देखिन आएन । जहांसम्म ५९ नं. ले गुज्रेको तारेख थमाउन पाउने सुविधाको प्रश्न छ, प्रस्तुत विवादमा निवेदकले ०५६।४।१४ को तारेख गुजारेको भनी ३० दिन नाघे पश्चात ०५६।५।२१ मा तामेलीमा राख्ने आदेश भएको देखिदां थाम्ने म्याद भित्रै तामेलीमा राखेको भन्न नमिल्ने । § दण्ड सजायको ४८ नं. ले ६ महिना पश्चात मात्र तामेलीमा राख्नुपर्नेमा सो अगावै तामेलीमा राखेको गैरकानूनी भयो भन्ने कुराको जुन निवेदक तर्फको जिकिर छ, निवेदकले तारेख गुजारेको ०५६।४।१४ को मितिले अ.वं.५९ नं.ले थमाउन पाउने ३० दिनको म्याद समेत गणना गरी सो को ६ महिना भित्रै निवेदक तामेली जगाउन अदालतमा निवेदन दिन नगई ०५६।११।२७ मा मात्र निवेदक जिल्ला अदालतमा पुगेको भन्ने सम्वन्धित विगो मुद्दाको मिसिलवाट देखिन आउने । § म्याद भित्र निवेदन दिन गएको भए कानून वमोजिमको उपचार निवेदकले पाउने नै हुन्थ्यो । त्यसैले अघि नै तामेलीमा राखियो भन्ने मात्र कारणले अन्त भै सकेको प्रक्रियालाई पुनः जगाउन मिल्ने देखिन आउदैन र त्यो न्यायोचित पनि हुंदैन । म्याद नाघी अदालतमा प्रवेश गरेको अवस्थामा निवेदकलाई दं.स.को ४८ नं. ले कुनै मद्दत गर्न सक्ने देखिदैन, कानूनको मनसाय पनि सो होइन । त्यसैले निवेदन माग दावी वमोजिम गर्नं नपर्ने गरी विपक्षी महोत्तरी जिल्ला अदालतका तहसिलदारवाट २०५६।११।२७ मा भएको आदेशलाई सदर गरेको महोत्तरी जिल्ला अदालतको २०५६।१२।११ को आदेश र सो आदेशलाई सदर गरेको पुनरावेदन अदालत जनकपुरको २०५९।४।२६ को आदेशमा कुनै कानूनी त्रुटी देखिन नआउने । (प्र.नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7353 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2061/03/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री खिलराज रेग्मी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7353 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
