नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7356 · वि.सं. २०६१

नि.नं. 7356 — जालसाजी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुचुल्कावाट वादीको हक अधिकारमा आघात र आर्थिक क्षति पुग्ने रहेछ कि भन्नलाई उक्त मुचुल्कामा स्व. किशोरी शरणको सदगत काजकृया प्रतिवादी महाविर शरणले गरेको र निज किशारी शरणको चेला भएको हुँदा चाँदर ओढाएको व्यहोरा उल्लेख भएको एउटा घरसारको मुचुल्कावाट कुनै हकको स्थापना र समाप्ति नहुने देखिंदा वादीको हक अधिकारमा आघात पुग्न गयो भन्ने कुरा कानूनसँगत देखिन नआउने । (प्र.नं. २१) § वादी सुजित कुमार झा भन्ने सुदर्सन दास वैष्णव र प्रतिवादी महानन्द झा भन्ने महाविर शरण वैष्णवले जिल्ला प्रशासन कार्यालय, धनुषावाट क्रमशः मिति २०४८।५।१० मा र २०४८।७।२७ मा प्राप्त गरेको गुरु चेला नाता सम्वन्धी प्रमाण पत्र वादी प्रतिवादीले साधिकार निकायवाट वदर गराउन सकेको नदेखिँदा स्वतः वदरभागी छ भन्ने वादीको भनाइ कानूनसँगत देखिन आएन । उक्त नाता सम्वन्धी प्रमाणपत्र कायम रहेसम्म दावीको मुचुल्का जालसाजी ठहर्‍याउन मिल्ने नदेखिने । § पुनरावेदक वादीहरुका वीच चलेको अपुताली हक कायम मुद्दामा पहिले स्व. किशोरी शरणको छोरा चेला भन्ने पछिगएर कन्हैया दासको चेला भनी पटक पटक आफ्नो कुरा फेर्दै जाने वादी सुदर्शन दासले स्व. किशोरी शरणको दागवत्ति काजकृया गर्‍यो होला भन्ने कुरा पत्यारलायक नदेखिँदा पुनरावेदक वादी पक्षका विद्वान अधिवक्ताको उक्त वहस जिकिरसंग सहमत हुन नसकिने । (प्र.नं. २१, २५ र २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7356
मुद्दाको विषयजालसाजी ।
निर्णय वर्ष / मिति2061/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री शारदा श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7356
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्