नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7360 · वि.सं. २०६१

नि.नं. 7360 — जारी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादी दावी वमोजिम प्रतिवादी नन्दकला अधिकारी मिति २०५१।५।२३ मा प्रतिवादी मध्येका पूर्णवहादुर तामाङ्गसँग पोइल गएको भए पोइल गइसकेपछि वादीले प्रतिवादी नन्दकला अधिकारीबाट मिति २०५२।५।११ मा राजिनामा गरी कित्ता नम्वर ४९८ को जग्गा लिनु दिनु गर्नुपर्ने अवस्था देखिन नआउने । § लिखतमा प्रतिवादी नन्दकला अधिकारीलाई वादी गुप्तवहादुरको पत्नी भनी उल्लेख भएकोमा सो उल्लेख भए उपर वादी गुप्तवहादुर अधिकारीले खण्डन गर्न सकिरहेको देखिँदैन । अर्को व्यक्तिसँग पत्नी पोइल गएको भन्ने फिराद दायर भै सकेपछि पोइल गएको स्वास्नी मानिसलाई पत्नी कायम गरी लिखत गर्नु कानूनसँगत मान्न मिल्ने देखिन आउँदैन । त्यसैले वादीले प्रतिवादीसँग सम्बन्ध तोडने उद्देश्यले जारी मुद्दा दिएको देखिन आउने । § वादी दावी वमोजिम प्रतिवादी पूर्णवहादुर तामाङले नन्दकलालाई जारी गरी लगेको र प्रतिवादी नन्दकला पूर्णवहादुर तामाङसँग पोइल गएको भन्ने प्रमाणित भएको देखिंदैन । तसर्थ जारी गरी लाने र जाने कार्य भएको ठहर नगरी प्रतिवादीहरुले सफाइ पाउने ठहर गरी पुनरावेदन अदालत, हेटौंडाबाट मिति २०५५।९।३० मा भएको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १६ र १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7360
मुद्दाको विषयजारी ।
निर्णय वर्ष / मिति2061/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7360
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्