नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7347 · वि.सं. २०६१
नि.नं. 7347 — करकाप लुटपिट ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ वादीले प्रत्यक्षदर्शी भनी दिएको साक्षी वेचन महतो र जिवच्छा शाहा पनि वारदात भयो भनेको ठाउँमा नभै अन्यत्र ठाउँका देखिने र निजहरु वारदातको दिन प्रतिवादी सुदामाको घरमा रातको समयमा आई वस्नुपर्ने उपयुक्त कारण समेत नदेखिंदा निजहरुको वकपत्रको प्रमाणिक मूल्य त्यति भरपर्दो र विश्वसनीय मान्न मिल्ने देखिएन । यस्तो साक्षी वकपत्रको आधारमा मात्र प्रतिवादीहरुले वादीलाई करकापसँग कागज गराएको भनि प्रतिवादीहरुलाई कसूरदार ठहर गर्न नमिल्ने । § सहज र स्वभाविक तवरवाट खडा भएको कागजलाई करकापसँग गराएको भन्न नमिल्ने हुँदा करकाप ठहराएको शुरु उदयपुर जिल्ला अदालतको फैसला उल्टी गरि वादी दावी नपुग्ने ठहराएको पुनरावेदन अदालत राजविराज सप्तरीको इन्साफ मनासिव देखिंदा सदर हुने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7347 |
|---|---|
| मुद्दाको विषय | करकाप लुटपिट । |
| निर्णय वर्ष / मिति | 2061/02/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7347 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
