नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7355 · वि.सं. २०६१
नि.नं. 7355 — बहु विवाह
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भिमसेन के.सी.ले कल्पनासँग २०४८।८।२८ मा विवाह गरेको हो भनि मिति तोकी बयान गर्ने साक्षी लिलवहादुर रानासित अदालतले भिमसेनले भनेको मिति र कालिकाले जाहेरीमा भनेको मिति फरक प¥यो कुन चाही मिति सही हो भनि दोहोर्याई सोधनी गर्दा “सो बारे मलाई थाहा छैन” भनेको देखियो । यसरी दोश्रो विवाह ०४८ सालमै गरिसकेको भन्ने प्रतिवादीको कथन भएतापनि सो कुरा कतैबाट प्रमाणित हुन आएन । यस स्थितिमा ०५१।११।२८ मा सौतालाई घर भित्र्याएपछि लोग्नेले बहुविवाह गरेको कुरा थाहा पाए भन्ने वादीको कथनलाई खण्डन हुने ठाउँ नरहने । § आफ्नी स्वास्नी जीवित छँदै अर्की स्वास्नी विवाह गर्ने प्रतिवादी भिमसेन के.सी. र जानीजानी सौता बन्न गएकी प्रतिवादी कल्पना भन्ने सुमित्रा के.सी. दुबैलाई कानून विपरीत बहुविवाह गरेको अपराधमा विहावारीको १० नं. बमोजिम १/१५ दिनका दरले कैद र रु. १७००।– का दरले जरिवाना गर्ने ठहराएको गुल्मी जिल्ला अदालतको फैसला सदर गरेको पुनरावेदन अदालत बुटवलको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १९ र २१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7355 |
|---|---|
| मुद्दाको विषय | बहु विवाह |
| निर्णय वर्ष / मिति | 2061/02/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशिला सिंह सिलु | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7355 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
