नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7340 · वि.सं. २०६१

नि.नं. 7340 — लेनदेन, किर्ते जालसाजी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कारणीको हस्ता सही सद्दे हो भन्ने तथ्य स्वीकार गरेको अवस्थामा लिखतका अन्य कुरा झुठृा हो भन्ने पक्षले सो कुरा प्रष्ट रुपमा प्रमाणित नगरे सम्म सो लिखतको कुरालाई अरु आधारले खण्डित गर्न वा कमजोर पार्न नसक्ने । § आफ्नो हकहितमा असर पर्ने कुनै कार्य कसैले गरेको रहेछ भने सो रोक्न वा बदर गराउनको लागि कानूनले निर्दिष्ट गरेको बाटो अपनाई आउनु पर्ने हुन्छ । सो तर्फ प्रतिवादी लागेको भन्ने देखिन आउँदैन । मुद्दाको तह तह निर्णय हुँदै गएको र त्यस तर्फ समयमै सजग नभई लिखतको आंशिक तथ्य स्वयं प्रतिवादीले स्वीकार गरिरहेको अवस्थामा अव आएर सो लिखत झुक्याई गरेको भनि लिएको जिकिर तर्कयुक्त र कानूनसम्मत समेत नभएबाट सो को विवेचना गर्नुपर्ने अवस्था र आधार रहेको नदेखिने । § विवादको मिति २०४१।३।१५ को लिखत यी प्रत्यर्थी वादी र मृतक लल्लु कुर्मीका वीच भएको सद्दे सांचो व्यहोराको भएबाट सो अनुरुपको दायित्व यी पुनरावेदक प्रतिवादीले व्यहोर्नु पर्ने नै देखिन आउँदा शुरु फैसला उल्टी गरी दावी लिखत जालसाजी ठहराई वादी दावी पुग्न नसक्ने ठहराएको तत्कालीन पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उल्टी गरी दावी पुग्ने ठहर गरेको शुरु सदर गरेको यस अदालत संयुक्त इजलासको मिति २०४६।९।२३ को फैसलामा कुनै परिवर्तन गर्नुपर्ने अवस्था देखिन नआउने । (प्र.नं. २० देखि २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7340
मुद्दाको विषयलेनदेन, किर्ते जालसाजी ।
निर्णय वर्ष / मिति2061/01/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7340
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्