नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7351 · वि.सं. २०६१

नि.नं. 7351 — हक निखनाई पाउँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतबाट मिति २०५१।९।२ मा भै आएको नक्सा हेर्दा न.नं.२८ को मुल कुलोबाट न.नं.३७ को कुलोको पानी पहिले वादीको न.नं.३० को जग्गामा लाग्ने त्यसपछि मात्र निखनाई पाउँ भनी दावी लिएको न.नं.३५ को कि.नं.१७५८ को जग्गामा लाग्ने देखिंदा वादीको न.नं.३० को जग्गामा सिचाई गर्न दावीको कि.नं.१७५८ को जग्गाले कुनै असर पर्न सक्ने स्थिति देखिंदैन साथै न.नं.३५ को दावीको जग्गा र न.नं.३० को वादीको जग्गाको छुट्टाछुट्टै अस्तित्व रहेभएको देखिनुको साथै मुल कुलो न.नं.२८ को छेउ भै वादीको न.नं.३० को जग्गा भै सो देखि पूर्व विवादित कि.नं.१७५८ न.नं.३५ को जग्गा रहेभएको कुरा नक्साबाट देखिन आएको अबस्थामा दावीको न.नं.३५ को जग्गा भएर वादीको न.नं.३० को जग्गामा जानुपर्ने रहेछ भन्न मिल्ने अबस्था नदेखिने । § दावीको न.नं.४३ को कि.नं.१७६२ को जग्गा भन्दा उत्तरतर्फ वादीको न.नं.४४ को कि.नं.१७६३ को जग्गा देखिई सो को पूर्वतर्फ न.नं.४६ को कुलो देखिई सो कुलो वादीको न.नं.४४ को जग्गा हुँदै दावीको न.नं.४३ को जग्गासम्म गएको देखिंदा वादीलाई आफ्नो खेतमा सिचाई गर्न दावीको न.नं.४३ को जग्गासँग कुनै सरोकार नै राख्नुपर्ने अबस्था नदेखिंदा वादीको पुनरावेदन जिकिरसँग सहमत हुनुपर्ने अबस्था नेदेखिने । § वादीले आफ्नो जग्गामा सिचाई गर्दा दावीको कि.नं.१७५८ र १७६२ को जग्गाको सहयोग लिनुपर्ने र सन्धीसर्पन समेत परेको अबस्था नदेखिंदा उल्लेखित दुई कित्ता जग्गा वादीलाई लेनदेन व्यवहारको ११ नं.बमोजिम सन्धीसर्पन परेको भन्न नमिल्ने हुँदा हक निखनाई पाउँ भन्ने वादी दावी पुग्न नसक्ने ठहराएको पुनरावेदन अदालत पोखराको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १४ र १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7351
मुद्दाको विषयहक निखनाई पाउँ ।
निर्णय वर्ष / मिति2061/03/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री बद्री कुमार बस्नेत
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7351
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्