नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7341 · वि.सं. २०६१

नि.नं. 7341 — लागू औषध ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लागू औषध (नियन्त्रण) ऐन विशेष प्रकृतिको ऐन भएको र विशेष प्रकृतिको ऐनले गरेको व्यवस्था सोही अनुरुप कार्यान्वयन भएको हुनुपर्छ । लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा १२ को व्यवस्थाले सो ऐनको दफा ४ ले निषेधित गरिएका कार्य गरेको भन्ने देखिन आएमा निषेधित कार्य गरेको आरोपित व्यक्तिले वरामद भएको लागू औषध वा पदार्थ यो यति कारणले ऐन सम्मत तरिकाले राखेको भन्ने कुराको पुष्टि गर्ने कार्य वा प्रमाणको दायित्व त्यसरी निषेधित वस्तु राख्ने व्यक्तिमा नै रहने § अनुसन्धान तहकिकातवाट कसैको शरीर, कोठा वा साथवाट वरामद भएको पदार्थ निषेधित तवरवाट खरिद विक्री ओसारपसार आदि गरेको वा सो गर्न भनी संचय गरेको देखिन आएमा केवल अदालतको वयानमा सजायको भागी हुन नपरोस् भनी स्वइच्छाले वरामदी लागू औषध आफ्नो होइन कहाँवाट आयो भन्ने जस्ता कथन राखी आरोपित कसूरमा इन्कारी हुँदैंमा संकलित सवुद प्रमाण र घटनाको कडीवाट पुष्टी भइरहेको विषय वस्तुलाई अन्यथा भनी अनुमान गर्न नमिल्ने । § अनुसन्धानका क्रममा भएका बयान, बरामदी मुचुल्काका मानिस र प्रतिवेदकहरुको यी प्रतिवादीहरुको रोहवरमा सो लागू औषध वरामद गरिएको हो भन्ने बकपत्र, बरामद भएको घरको घरधनी समेतको कागज समेतका प्रमाणबाट आरोपित सबै प्रतिवादीहरु बरामद भएको लागु औैषध विदेश भारतबाट खरिद गरी लिई आई नेपालमा बिक्री वितरण गर्ने प्रयोजनका लागि संचय ओसारपसार समेतको कार्य गर्नमा समान रुपले लागेको भन्ने कुरा पुष्टि भइरहेको देखिने । § पुनरावेदक प्रतिवादीहरु सुवोध कुमार उर्फ पप्पु रमेश कडरिया र वैजनाथ गुप्ता समेतका प्रतिवादीहरुले बरामद भएको लागू औषध, लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा ४ को खण्ड (घ)(ङ)(च) मा वर्णित कार्य गरेको शिद्ध हुन आएकोले सो अभियोगमा दावी बमोजिम सोही ऐनको दफा १४(१) (छ) (३) बमोजिम जनही १५ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको शुरु जिल्ला अदालतको फैसला सदर गरेको पु.वे.अ. को फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. ४६ र ४७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7341
मुद्दाको विषयलागू औषध ।
निर्णय वर्ष / मिति2061/03/03
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद  शर्मा | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बलिराम कुमारको रायसँग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय । | माननीय न्यायाधीश श्री वलिराम कुमारको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६०।५।२६ को फैसला । | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीको राय सदर हुनुपर्छ भन्ने समेत व्यहोराको वहस जिकिर प्रस्तुत गर्नुभयो । पुनरावेदक प्रतिवादी रमेश कडरियाको तर्फवाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद सापकोटाले निज मतियार सम्म हुन् भन्ने कुरामा संयुक्त इजलासका वीच मत भिन्न भएको छैन । निजवाट लागू औषध वरामद नभएको हुँदा लागू औषध (नियन्त्रण) ऐन | माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्रीले रमेश कडरिया र वैजनाथ गुप्तालाई मतियार र माननीय न्यायाधीश श्री बलिराम कुमारले सुवोध कुमार उर्फ पप्पुलाई मतियार मानी लागू औषध (नियन्त्रण) ऐन
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7341
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्