नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7346 · वि.सं. २०६१

नि.नं. 7346 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नै श्रीमतीलाई खुकुरी जस्तो जोखिमपूर्ण हतियारले प्रहार गरे पश्चात प्रतिवादी स्वयंले निजलाई उपचार गर्ने वा वचाउने उद्देश्यले कुनै उपाय अवलम्वन गर्ने प्रयास गरेको अवस्था पनि मिसिलवाट देखिन नआई आफु फरार रही पछि पक्राउ परेको स्थितिमा ज्यान सम्वन्धीको १३(१) नं. बमोजिमको कसूर कायम गरी सोही नम्वर बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ हुने गरेको शुरु र पुनरावेदन अदालत समेतको फैसला अन्यथा देखिन नआउँने । § ज्यानै मार्नुपर्नेसम्मको रिसइवि भै पूर्व योजना र तयारी गरेको अवस्था समेत नदेखिनुका साथै प्रतिवादी र मृतक दुवैले मदिरा सेवन गरेको अवस्था दुईजना वीच बादविवाद भएको स्थितिमा खुकुरी प्रहार गरेको परिस्थिति समेतलाई मध्यनजर गर्दा अ.वं. १८८ नं. बमोजिम पुनरावेदन अदालतले १० वर्ष कैद हुने भनि व्यक्त गरेको राय भन्दा अझ कम सजायँ हुनुपर्छ भनी प्रतिवादीले लिएको जिकिर र विद्वान कानून व्यवसायीको वहस जिकिर समेतसंग सहमत हुन नसकिने । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7346
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2061/12/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल | माननीय न्यायाधीश श्री रामनगिना सिंह
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7346
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्