नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7375 · वि.सं. २०६१
नि.नं. 7375 — दर्तावदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादको जग्गा पुनरावेदक प्रतिवादीले भोगाधिकारका आधारमा दर्ता गराएको र पछि नरबढीको आधारमा थप गरेको जग्गा पहिले ऐलानी भई सरकारी भन्नेमा विवाद नभएको अवस्था हुनुका साथै हक वेहकको प्रश्न उठाइ उजूरी परेको देखिदां सो जग्गा सम्बन्धी हक वेहकको प्रश्नमा वन क्षेत्र सुदृढीकरण विशेष अदालतले उजूरी सुनी निर्णय गर्न नपाउने भन्ने पुनरावेदक प्रतिवादीतर्फका कानून व्यवसायीको तर्कसंग सहमत हुन नसकिने । § विवादको जग्गामा प्रत्यर्थी वादीले पहिले देखि नै घर वनाई सो घर र घरले चर्चेको सो परिमाणको क्षेत्रफल जग्गा भोगसम्म गर्दै आएको भन्नेमा विवाद देखिंदैन । यसरी आफूले वनाई भोग गर्दै आइरहेको घर जग्गाको विषयमा उजूरी नै गर्न पाइदैन भन्न नमिल्ने । § जग्गा (नाप जांच) ऐन, २०१९ र अन्य कानूनी व्यवस्था तथा श्रेस्तावाट जग्गाको स्वामित्व प्रतिवादीमा नै रहेको ठहर भएको अवस्थामा उक्त जग्गामा वादीले घर वनाई भोगी आएकै कारणले मात्र प्रतिकूल भोग (Adverse Possession) को अवधारणाको आधारमा स्वामित्व समेत पाउने कानूनी व्यवस्था समेत नहुँदा विवादित जग्गामा वनेको घर र सो घरले चर्चेको आंगनमा वादीको भोगाधिकार रहेको ठहर भएकै आधारमा स्वामित्व समेत कायम हुनुपर्छ भन्न नमिल्ने । § लामो समय देखि घर निर्माण गरी भोग गर्दै आएको सो घर र घरले चर्चेको जग्गामा प्रत्यर्थी वादी पवित्राको भोगाधिकारसम्म रहने अवस्था देखिन आएकोमा वादी दावी वमोजिम पुनरावेदक वादीले ०४२।१०।२१ को निर्णय समेत वमोजिम गराएको निजका नाउंको दर्ता वदर हुनसक्ने अवस्था देखिन नआउने । § आधिकारिक रुपबाट वादीले हक स्वामित्व प्राप्त नगरेको अवस्थामा प्रत्यर्थी वादीको दावी वमोजिम पुनरावेदक प्रतिवादी चन्द्र कुमार रसाइलीका नाउंमा भएको दर्ता वदर गर्ने ठहर गरेको पुनरावेदन अदालत इलामको फैसला मिलेको नदेखिदा सो फैसला उल्टी भै । दर्ता वदर गरी पाउँ भन्ने वादी दावी पुग्न नसक्नुका साथै संयुक्त इजलासका माननीय न्यायाधीशहरुवाट फिराद खारेज हुने र दावी वमोजिम दर्ता वदर हुने भनी व्यक्त गरेको दुवै राय मिलेको नदेखिंदा सहमत हुन नसकिने । (प्र.नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7375 |
|---|---|
| मुद्दाको विषय | दर्तावदर । |
| निर्णय वर्ष / मिति | 2061/04/21 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री हरिजंग सिजापती | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय संग सहमत हुन नसकेकोले प्रस्तुत मुद्दा निर्णयार्थ सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको राय । | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुलीको रायसंग सहमत हुन नसकेकोले प्रस्तुत मुद्दा निर्णयार्थ सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३(१) (क) अनुसार पूर्ण इजलासमा पेश गर्नु भन्ने समेत व्यहोराको माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय सहितको यस अदालत संयुक्त इजलासको मिति २०६०।९।२४ को फैसला । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६१, नि.नं. 7375 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
