नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7386 · वि.सं. २०६१

नि.नं. 7386 — गोवध ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले विरामी गाइको घाटीमा चक्कुले काटी मारेको भनी किटानी जाहेरी दरखास्त परेको र जाहेरवालाले जाहेरी व्यहोरालाई समर्थन हुने गरी अदालतमा बकपत्र समेत गरेको देखिन्छ । प्रतिवादीले गाईलाई नमारेको भए विना कारण निज उपर किटानी जाहेरी दरखास्त दिनुपर्ने कुनै कारण पनि रहे भएको भन्ने देखिन आएको छैन । लाश प्रकृति मुचुल्कावाट मृतक गाइको शरीरमा कुकुरले टोकेको घाउ रहेको भन्ने देखिन नआएको हुंदा दुइवटा कुकुरले अगाडि र पछाडिवाट गाईलाई खाइरहेको भन्ने प्रतिवादीको अदालतमा भएको वयान व्यहोरा समर्थित भएको नदेखिई निजको अदालतमा भएको इन्कारी वयानलाई सत्य सांचो व्यहोराको हो भनी मान्न मिल्ने देखिन नआउने । § प्रहरी समक्ष गरेको साविती वयान स्वेच्छाले गरेको नभई अन्यथा हो भन्ने कुरा प्रमाणित हुने कुनै भरपर्दो ठोस सवुद प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको पनि पाइदैन । शव परीक्षण प्रतिवेदनमा तल्लो गर्धन काटिई रक्तश्राव भई गाइको मृत्यु भएको भनी स्पष्ट रुपमा उल्लेख भएको र घटनास्थल प्रकृति मुचुल्कावाट प्रशस्त मात्रमा रगत जमेको भन्ने देखिएकोले मरिसकेको गाइलाई काट्दा त्यति धेरै रगत नआउने भएकोले विरामी भई वसी रहेको गाइको घाटीमा चक्कुले काटी मारेको भन्ने प्रतिवादीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको साविती वयान समर्थित भएको देखिन आयो । यस स्थितिमा उपरोक्त आधार प्रमाणवाट प्रतिवादी सीताराम चमारले विरामी गाईको घांटीमा काटी मारेको भन्ने देखिन आई निज प्रतिवादीलाई अभियोग दावी वमोजिम मुलुकी ऐन, चौपायाको १ नं. को कसूरमा सोही महलको ११ नं. वमोजिम १२ बर्ष कैद हुने ठहर गरेको शुरु वांके जिल्ला अदालतको फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगन्जको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. २० र २१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7386
मुद्दाको विषयगोवध ।
निर्णय वर्ष / मिति2061/05/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7386
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्