नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7378 · वि.सं. २०६१

नि.नं. 7378 — उत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउं ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बिपक्षी औद्योगिक विकास निगमलाई नेपाल औद्योगिक विकास निगम ऐन २०४६ को दफा ६.४.१ ले ऋण असुलीका लागि ऋणी उद्योगको धितो वा अन्य सम्पत्तिहरु लिलाम समेतको कार्य गर्न सक्ने अधिकार प्रदान गरेको अवस्था देखिन्छ । तसर्थ सम्पत्ति लिलामको कारवाही पश्चात पनि ऋण असुल हुन नसके न्यायाधिकरण समक्ष उजुरी दिन सक्ने नै देखिन आउदा लिलामको कारवाही नगरी न्यायाधीकरणमा जानु पर्छ भन्न नमिल्ने । § कानूनको व्याख्या र प्रयोग गर्दा यथासंभव सबै कानूनी व्यवस्थाहरु क्रियाशील र सार्थक हुने गरी व्याख्या गर्नुपर्दछ । कानूनमा नै अन्यथा व्यवस्था नभए सम्म एउटा कानूनी व्यवस्थाको अर्थ र व्याख्या गर्दा अर्को कानूनी व्यवस्था निरर्थक हुने गरी व्याख्या गर्न नहुने । § बिपक्षी निगमको निवेदक ऋणीको धितोमा रहेको सम्पत्तिहरु लिलाम विक्री गर्ने सम्बन्धमा सूचना प्रकाशित गर्ने समेतका काम कारवाहीहरु अधिकार क्षेत्रको अतिक्रमण वा कानूनी क्षेत्राधिकारविहीन रहेको भन्न मिल्ने देखिन नआउने । § कानूनसम्मत तरिकाले निवेदक प्रा.लि.ले ऋण लिंदा दिएको जेथा जमानीवाट ऋण असुलीतर्फ गरेको बिपक्षी निगमको काम कार्यवाहीमा कुनै किसिमको त्रुटी विद्यमान रहेको नदेखिनुका साथै बिपक्षी निगमको काम कार्यवाहीवाट निवेदकको कुनै कानूनी एवं संवैधानिकहक अधिकारमा आघात पुगेको अवस्था समेत देखिन नआएवाट मांग वमोजिम रिट जारी गर्न नमिल्ने । (प्र.नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7378
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश वा अन्य उपयुक्त आज्ञा आदेश जारी गरिपाउं ।
निर्णय वर्ष / मिति2061/04/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7378
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्