नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7366 · वि.सं. २०६१

नि.नं. 7366 — नकवजनी चोरी ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ चोरी गर्ने भनिएका व्यक्ति कृष्णवहादुरले नै जाहेरवालाको जाहेरी अनुसारको ऊन चोरी गरेको नठहरे पछि सो ऊन किन्ने भनिएका पुनरावेदकले ऊन किन्ने अवस्थै नआउने र निजले अदालतमा बयान गर्दा बरामद भएको भनिएको ऊन आफ्नो हो भनेको र सो कुरालाई पुनरावेदन अदालतको फैसलाले समेत स्वीकारेको अबस्थामा जाहेरवालाको ऊन चोरी गरेको ठहर नभएपछि सो ऊन पुनरावेदकले जिकिर लिए अनुसार निजको आफ्नै रहे भएको देखिएको अबस्थामा निजले नै फिर्ता पाउने अबस्था हुँदा सो ऊन पुनरावेदकले नै पाउने ठहराएको शुरुको फैसलालाई वादी दावी भन्दा बाहिर गै भएको भन्न मिल्ने अबस्था देखिन नआउने । § जाहेरवालाको जाहेरी अनुसार ऊन चोरीको नठहरेको अवस्थामा जाहेरवालाले मुद्दा फैसला हुनु भन्दा अगाडि नै ऊन सनाखत गरी लगेकै आधारले मात्र पुनरावेदक प्रतिवादीको ऊन देखिएको अवस्थामा निजले फिर्ता नपाउने भन्न न्यायोचित देखिन नआउने । § बरामद ऊन जाहेरवालाले फिर्ता लगेपनि पुनरावेदकले नै फिर्ता पाउने ठहराई गरेको शुरु जिल्ला अदालतको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत पाटनको फैसला मिलेको नदेखिंदा सो हदसम्म केही उल्टी भै पुनरावेदकको घरबाट बरामद भएको १२० के.जी.ऊन पुनरावेदकले नै पाउने ठहराएको शुरुको फैसला सदर हुने । (प्र.नं. २३ र २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7366
मुद्दाको विषयनकवजनी चोरी ।
निर्णय वर्ष / मिति2061/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री चन्द्रप्रसाद पराजुली | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7366
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्