नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7383 · वि.सं. २०६१

नि.नं. 7383 — छूट जग्गा दर्ता नामसारी दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अवण्डा रहेका जग्गा मध्ये आफ्नो भाग जति आफ्नो जीवनकालमै छुट्याई रत्नमायाले आफ्नो हक स्थापित गरि नसकेको, र कुनै लिखत गरी यि वसुन्धराभक्तलाई निजले नदिएको अवस्थामा वावुसँग संगोलमा रहेको नाताले वण्डापत्रवाट प्राप्त अंश हक जस्तै अवण्डाको सम्पत्तिमा पनि वसुन्धरा भक्तको एकलौटी हक हुन्छ भनि मान्न अंश वण्डाको १, २ र ३५ नं.ले समेत मिल्ने नदेखिने । § दर्ता फोरी मुद्दा र निर्णय वदर हक कायम मुद्दाका अन्तिम फैसलाहरुको प्रस्तुत मुद्दामा कुनै प्रमाणिक महत्व नरहेको र २००१।७।२७ को पारित वण्डापत्रको प्रतिकूल पुनरावेदन अदालत पाटनबाट निर्णय समेत नभएको हुँदा दोहोर्‍याउने निस्सा प्रदान गर्दा संयुक्त इजलासले लिएको आधार वुँदासँग सहमत हुन नसकिने । § प्रमाणबाट दावीमा उल्लेखित २००१।७।२५ को अवण्डाको लिखतका जग्गाहरु मूलपुरुष दानवर सिंहका जीवित अंशियार वादी प्रतिवादीहरुका हाँगा बीच ३ भागको १ भागका दरले नामसारी दर्ता हुने गरी भएको मालपोत कार्यालय कलंकीको निर्णय सदर गर्ने गरेको पुनरावेदन अदालत पाटनको मिति २०५८।५।२२ को फैसला मनासिव देखिँदा सदर हुने । (प्र.नं. २३ र २४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7383
मुद्दाको विषयछूट जग्गा दर्ता नामसारी दर्ता ।
निर्णय वर्ष / मिति2061/04/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री शुसिला सिंह सिलु
उद्धरण सन्दर्भने.का.प. २०६१, नि.नं. 7383
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्